Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

लुम्बिनी प्रदेशका प्रदेश प्रमुखद्वारा निजामति ऐन प्रमाणीकरण


२१ ,मङ्सिर ,तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेश निजामती ऐन प्रमाणीकरण गर्नुभएको छ । प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

उक्त विधेयक गत भदौ २२ गते प्रदेशसभाबाट पारित भएको थियो । विधेयक प्रमाणीकरण भएसँगै अब निजामती ऐन कार्यान्वयनमा आउनेछ ।

सञ्चार नियमावली निर्माण अन्तिम चरणमा

लुम्बिनी प्रदेश गृह मन्त्रालयका कानून उपसचिव खिमानन्द ज्ञवालीले प्रदेशको सञ्चार नियमावली निर्माण अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार अबको एक महिनाभित्र त्यसले पूर्णता पाउनेछ ।

पाल्पा विकास केन्द्रले आज भालुवाङमा आयोजना गरेको सूचनाको हक, सञ्चार विषयबस्तु र नीतिपात्रोसम्बन्धी संवाद कार्यक्रममा उपसचिव ज्ञवालीले सञ्चार नियमावली पारित भएमा सञ्चार रजिष्ट्रारको कार्यालय स्थापना हुने र प्रदेशबाटै सञ्चार माध्यम दर्ता तथा नियमन हुने बताए ।

त्यस अवसरमा सहभागी मन्त्रालय तथा कार्यालयका सूचना अधिकारीहरुले पत्रकार र सूचना अधिकारीहरुबीच सम्बन्ध समधुर हुनुपर्ने बताए । पत्रकार तथा नागरिकले सूचना माग गर्दा सकारात्मक उद्देश्यले माग गर्नुपर्ने राप्ती गाउँपालिकाका सूचना अधिकारी विश्वास विकले धारणा राखे ।

दुःख दिने नियतले सूचना माग गर्दा कर्मचारीलाई पनि काम गर्न गाह्रो हुने गरेको उनको भनाइ थियो ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?