Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

नारी दिवसमा जीवन रक्षाका लागि क्यान्सर पीडित कान्छी प्राध्यापकको अपिल


२४ फागुन, काठमाडाैँ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर एक जना प्राध्यापकले जीवन रक्षाका लागि सार्वजनिक अपिल गरेकी छन्।

स्तन, डिम्बाशय, पेट, कलेजो र फोक्सोको क्यान्सरलाई पछार्न सात वर्षदेखि उदाहरणीय आत्मबल र आफ्नै मिहिनेतको खर्चमा उपचाररत प्रा. डा. उर्मिला प्याकुरेलले अबको उपचार भने धान्न नसक्ने जनाउँदै सहयोगको अपिल गरेकी हुन्।

उनी क्यान्सर लागेकै अवस्थामा अध्ययन अनुसन्धानलाई अगाडि बढाएर ३५ वर्षको उमेरमा विद्यावारिधि (पिएचडी) सकी ४१ वर्षको उमेरमा गत वर्ष त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित विभागमा सबैभन्दा कान्छी उमेरकी प्राध्यापक बनेकी हुन्। ४२ वर्षीया प्याकुरेलले हालसम्मको उपचार खर्च अनुसन्धानबाटै जुटाएको बताइन्।

सिन्धुपाल्चोक जिल्लाको कालिका गाउँकी सामान्य किसान परिवारकी प्राध्यापक प्याकुरेलले नेपाल र जर्मनीमा गरी हालसम्म उपचारमा साढे चार करोड रुपियाँभन्दा बढी खर्च भएको बताइन्। तर, पनि पूर्णरुपले क्यान्सर ठिक नभएको र अबको अन्तिम विकल्प इम्युनोथेरापी गर्नुपर्ने चिकित्सकको सुझाव अनुसार उक्त उपचार थालेको बताइन्। उनले ६४ चरणको किमोथेरापी, रेडियो थेरापीलगायतका उपचार गरिसकेकी छन्।

उक्त उपचार कम्तीमा पनि एक वर्षसम्म गर्नुपर्ने र एक चरणको उपचारका लागि २१ दिनमा करिव चार लाख रुपियाँ लाग्ने र अहिले अनुसन्धानका लागि फेलोसिपसमेत आफूले नपाएकाले भरसक अरुको सहयोग नलिने चाहना हुँदाहुँदै पनि बाध्य भएर सहयोगको याचना गर्नुपरेको बताइन्। प्याकुरेलले महिलामा मात्र लाग्ने र निको हुने स्तन र पाठेघर तथा डिम्बाशयको क्यान्सरको पनि सुलभ उपचार नभएको गुनासो गरिन्।

उनले धेरै नेपाली युवा देश छाडेर पलायन भएको अवस्थामा देशभित्रै रहेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिन स्वदेशमा नै काम गर्ने निर्णयमा आफू पुगेको बताइन्। उनको अनुसन्धान गणितको व्यावहारिक प्रयोगबाट नेपालमा बढ्दो ट्राफिक समस्या समाधानमा केन्द्रित छ। उनी मधुश्री नामबाट साहित्य रचना पनि गर्छिन्।

उनको विद्यावारिधिका निर्देशक त्रिवि गणित केन्द्रीय विभागका अध्यक्ष प्रा. डा. टङ्कनाथ धमलाले प्रा. डा. प्याकुरेल एक उत्कृष्ट अनुसन्धाता रहेको र उनका कृति र अन्तर्राष्ट्रिय सञ्जाल निकै सफल रहेको बताइन्।

विद्यार्थीलाई सिकाउन र सधैँ अनुसन्धान गरी नयाँ कुरा पत्ता लगाउन उत्सुक र सक्षम रहने प्रा. प्याकुरेल अहिले पनि छ जना विद्यावारिधि र अरु स्नातकोत्तर तहका अनुसन्धानकर्ताहरूको शोध निर्देशक छिन्।

प्रा. डा धमलाले लागनशीलतामा अथक र नयाँ नयाँ अवधारणकी धनी प्रा. प्याकुरेल लामो समयदेखि उपचारमा रहँदा पनि निडर, साहसी, आत्मविश्वासी युवा वैज्ञानिक रहेको भन्दै सहयोगका लागि अनुरोध पनि गरेका छन्।

त्यस्तै, तीन वर्षदेखि प्रा प्याकुरेलको उपचारमा संलग्न प्रा. डा. राजेन्द्र बरालले प्याकुरेललाई आत्मविश्वास र उपचारले बचाएको उल्लेख गरे। अहिलेको उपचार भने उनको अन्तिम विकल्प रहेको र त्यो निकै महँगो भएकाले उनलाई सहयोग गर्नेले पुण्य प्राप्त गर्ने बताए। प्याकुरेल जस्तो व्यक्तित्व नेपालका लागि सहास र प्रेरणको स्रोत रहेको डा. बरालले बताए।

डा. प्याकुरेलका भाइ राजेन्द्र प्याकुरेलले ‘निम्नवर्गीय परिवारको सदस्य भएर पनि दिदीले सानो उमेरमा नै शैक्षिक क्षेत्रमा उच्चतम सफलता प्राप्त गरेको र उनी परिवारको मात्र नभएर राष्ट्रकै गौरव’ भएको बताए।

सात वर्षदेखि क्यान्सरलाई जितिरहेकी उनलाई डाक्टरको सल्लाह अनुसार अब अन्तिम विकल्प इम्युनोथेरापीमात्र रहेको तर त्यो अत्यन्त महँगो भएकाले आफूहरू आर्थिक अवस्थाले निरीह बनेको बताए। त्यसैले शुभचिन्तक र सहयोगी मनहरूमा यस दुःखमा साथ र सहयोगका लागि याचना गर्न बाध्य भएको उनले बताए। सहयोगीहरूले उनलाई बैंक खातामा वा क्युआर कोडमार्फत रकम पठाइ सहयोग गर्न सक्ने छन्।


प्रकाशित मिति: २४ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?