Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

भ्रष्टाचार मुद्दाका ५ जना अभियुक्त कारागार चलान


विराटनगर। भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहर भइ सजाय सुनाइएका पाँच जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई सजाय भुक्तानका लागि मोरङ जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई मोरङका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

त्यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिने क्रममा पाँच जना अभियुक्त पक्राउ परेका हुन् । भ्रष्टाचार (राजश्व रकम हिनामिना) मुद्दामा ती अभियुक्तलाई विशेष अदालत बबरमहल, काठमाडाैंको मिति २०७९ चैत ८ गतेको फैसलामा सजाय तोकिएको थियो ।

पक्राउ पर्नेमा ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५ सय ९४ रुपैयाँ जरिवाना तोकिएका विराटनगर महानगरपालिका–३ का मणिराज दाहाल, ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८ सय १२ रुपैयाँ जरिवाना तोकिएका कुमारबहादुर कटुवाललगायत छन् भने पक्राउ पर्ने अन्यमा ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८ सय ८४ रुपैयाँ जरिवाना तोकिएका टिकाराम अधिकारी, ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६ सय ७६ रुपैयाँ जरिवाना तोकिएका देवराज नेपाल र ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३ सय ४२ रुपैयाँ जरिवाना तोकिएका विराटनगर–४ का नयराज नेपाल रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई पक्राउपछि मोरङ जिल्ला अदालतमा उपस्थित गराएर जरिवाना र कैद भुक्तानका लागि मोरङ जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?