Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

आगलागीमा परी ३ जनाको मृत्यु, ३ जना घाइते


विराटनगर। विराटनगर महानगरपालिका–७ स्थित एक कवाडी गोदाममा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार भएको आगलागीमा तीन जना घाइते भएका छन् ।

उक्त आगलागीमा घाइतेमध्ये सुशीला पासपानको कीर्तिपुरस्थित जलनसम्बन्धी विशिष्टिकृत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी, सोही अस्पतालमा उपचारका क्रममा ६५ वर्षीया सुनिता कामतको मृत्यु भएको छ भने यसअघि विराटनगर–६ का ३५ वर्षीय दीपक मण्डलको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यस्तै, आगोले जलेर घाइते भएकामा ५८ वर्षीय किशोर पासवान, ३० वर्षीया पिङ्की कामत र ६० वर्षीया रिता सरदार छन् । उनीहरूको कीर्तिपुरस्थित जलन सम्बन्धी विशिष्टिकृत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई नेपाली सेनाको एयर एम्बुलेन्सद्वारा उपचारको लागि कीर्तिपुर लगिएको थियो ।

विराटनगर महानगरपालिकासहित विभिन्न पालिकाका गरी ६ वटा दमकल प्रयोग गरी स्थानीय र प्रहरीले आगो निभाएका थिए । त्यस्तै, बिजुली सर्ट भइ सुरु भएको आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?