Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

एक करोड लागतमा निर्मित धर्मशाला सञ्चालनमा


महोत्तरी। सामुदायिक हितका लागि धर्मशाला बनाएर कीर्ति राख्ने पुरानो मैथिल परम्परालाई महोत्तरीको बर्दिबास–१४ का एक परिवारले अनुशरण गरेका छन् । त्यस्तै, आफ्ना दिवङ्गत पितामाताको स्मृतिमा यहाँका एक हमाल परिवारले रु एक करोडभन्दा बढी लागतको धर्मशाला बनाएर समुदायलाई हस्तान्तरण गरेका हुन् भने बर्दिबास–१४ स्थित रामजानकी मन्दिर परिसरमा निर्मित नीर–रत्न धर्मशाला सञ्चालनमा आएको छ ।

त्यस्तै, स्थानीय समाजसेवी नीरबहादुर हमाल र उनकी दिवङ्गत पत्नी रत्न हमालको स्मृतिमा बर्दिबास–१४ श्री रामजानकी मन्दिर परिसरमा निर्मित नीर–रत्न धर्मशाला सर्वसाधारणको प्रयोगका लागि सञ्चालनमा आएको हो । स्व. हमाल दम्पतीका भाइ मीनबहादुर हमाल र अर्थबहादुर हमाल एवं छोरा डा. कृष्णबहादुर हमाल, चिरञ्जीवी हमाल, ओमकार हमाल, ईश्वर हमाल, र दीपक हमाल तथा छोरी दुर्गा हमालसहितले संयुक्तरुपमा यो धर्मशाला निर्माण गरेका हुन् ।

विसं २०११ मा स्व नीरबहादुर हमालले दान गरेको ११ कट्ठा १५ धुर क्षेत्रफलको जग्गाभित्र निर्मित मन्दिर परिसरमै अहिले धर्मशाला निर्माण भएको हो । बर्दिबास–२ स्थित जनता माध्यमिक विद्यालयको स्थापना र सञ्चालन एवं बर्दिबास–१४ मा बजार बसाएका स्व हमालले यी संस्था सञ्चालनका लागि १० बिघाभन्दा बढी जग्गा दान गरेका थिए । त्यसैगरी, स्व पिता माताको स्मृतिमा धर्मशाला निर्माण गरी समुदायलाई हस्तान्तरण गरिदा समाज उत्प्रेरक स्व बुबा-आमाको सही तरिकाले सम्झना गरिएको अनुभूति आफूहरूलाई भएको नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका चिरञ्जीवी बताउछन् । उनले धर्मशाला निर्माणमा रु एक करोड पाँच लाख खर्च भएको जानकारी समेत दिएका छन् ।

दुई तले यो पक्की धर्मशाला भवनको भुईं तलामा उत्तरतर्फ फराकिलो पटाङ्गिनीसहित खानेपानी धारा र शौचालय सुविधासहितका तीनवटा कोठा छन् । भुईंतलाकै मुख्य सडकतिर पर्ने दक्षिणपट्टी व्यापारिक प्रयोजनका तीन कोठा छन् भने माथिल्लो तलामा दुई सय मानिस अटाउने क्षमताको सभा भवनसहित आन्तरिक शौचालय सुविधासहितको एक फराकिलो अतिथिकक्ष छ । त्यस्तै, धर्मशाला व्यवस्थापनमा व्यापारिक प्रयोजनले बनाइएका सटरको आम्दानी विवाह, व्रतबन्ध, धार्मिक र सांस्कृतिक समारोहका लागि उपलब्ध गराइँदा लिइने न्यूनतम शुल्कले सहज हुने विश्वास गरिएको छ भने परिसरभित्रै विवाहमण्डप पनि निर्मित छ ।

त्यसैगरी, बर्दिबास हटिया नजिकै निर्मित यो धर्मशालाले अब वैवाहिक, अन्य धार्मिक र सांस्कृतिक समारोहका पाहुनाको बसोबास व्यवस्थपनमा निकै सहज हुने बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरत हमाल बताउछन् ।

मधेसको प्राचीन मिथिलाक्षेत्रमा केही दशकअघिसम्म कीर्तिकै लागि विद्यालय, धर्मशाला, इनार, पोखरी निर्माण गर्ने र चौतारी बनाउने परम्परा थियो भने मिथिलामा थुप्रै दानवीरले निर्माण गरेका यस्ता भवन अझै खडा छन् । पछिल्लो कालमा हराउँदै गएको यो उदात्त परम्परालाई स्व हमाल दम्पतीका सन्तानले अनुशरण गरेर निकै राम्रो काम गरेका अहिले बर्दिबासका पाका मैथिल बताउँछन् ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?