Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

५६ बोरा अवैध चिनीसहित २ जना पक्राउ


बुटवल। रुपन्देही प्रहरीले ५६ बोरा अवैध चिनीसहित २ जना व्यक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले बुधबार राति कारोबारमा संलग्न व्यक्तिसहित मायादेवी गाउँपालिका-५ पर्सहवाबाट झन्डै १२ लाख रुपैयाँ बराबरको चिनी र पिकअप भ्यान बरामद गरेको हो ।

उक्त जिल्ला प्रहरी कार्यालयका अनुसार चिनी ल्याउँदै गरेका बुटवल उपमहानगरपालिकाका ३२ वर्षे ईश्वर भुसाल २० वर्षे अर्जुन कुँवरलाई नियन्त्रणमा लिइएको हो भने उनीहरूले लु २ च २४ नम्बरको पिकअप गाडीमा भारतबाट लुकाइछिपाइ भन्सार छली नेपालतर्फ अवैध रूपमा चिनी ल्याउँदै गरेको प्रहरीको भनाई रहेको छ ।

त्यस्तै, प्रहरीले पक्राउ परेको गाडी र चिनी आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको अधिकारीले जनाएका छन् ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?