Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

५६ बोरा अवैध चिनीसहित २ जना पक्राउ


बुटवल। रुपन्देही प्रहरीले ५६ बोरा अवैध चिनीसहित २ जना व्यक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले बुधबार राति कारोबारमा संलग्न व्यक्तिसहित मायादेवी गाउँपालिका-५ पर्सहवाबाट झन्डै १२ लाख रुपैयाँ बराबरको चिनी र पिकअप भ्यान बरामद गरेको हो ।

उक्त जिल्ला प्रहरी कार्यालयका अनुसार चिनी ल्याउँदै गरेका बुटवल उपमहानगरपालिकाका ३२ वर्षे ईश्वर भुसाल २० वर्षे अर्जुन कुँवरलाई नियन्त्रणमा लिइएको हो भने उनीहरूले लु २ च २४ नम्बरको पिकअप गाडीमा भारतबाट लुकाइछिपाइ भन्सार छली नेपालतर्फ अवैध रूपमा चिनी ल्याउँदै गरेको प्रहरीको भनाई रहेको छ ।

त्यस्तै, प्रहरीले पक्राउ परेको गाडी र चिनी आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको अधिकारीले जनाएका छन् ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?