Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

श्रीमतीको हत्या गरेँ भन्दै श्रीमान् पुगे प्रहरी कार्यालय


काठमाडौं। सल्यानको सिद्धकुमाख गाउँपालिका–३ उचाल्नेमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गए राति अन्दाजी ४५ वर्षका डम्बर सार्कीले आफ्नी श्रीमती अन्दाजी ४० वर्षकी सितली सार्कीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बुधवार बिहान डम्बर आफैँले श्रीमतीको हत्या गरेको भन्दै प्रहरी कार्यालय पुगेको प्रहरी उपरीक्षेक भवानीप्रसाद धमालाले जानकारी दिएका छन् । ‘हिजो राति डम्बरले श्रीमतीको हत्या गरेपछि आज बिहानै हाम्रो कार्यालयमा गएर मैले श्रीमतीको हत्या गरेको छु भनेर हाजिर भए’, जवान धमालाले भने।

उनी प्रहरी नियन्त्रणमा रहेका छन् । ‘अहिले जिप्रकाबाट प्रहरीको टोली घटनास्थलमा आएर अनुसन्धान गरिरहेको छ, मृतक सितलीको टाउँकोमा घाउ देखिएको छ’, उनले भने। हत्या के कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?