Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

श्रीमतीको हत्या गरेँ भन्दै श्रीमान् पुगे प्रहरी कार्यालय


काठमाडौं। सल्यानको सिद्धकुमाख गाउँपालिका–३ उचाल्नेमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गए राति अन्दाजी ४५ वर्षका डम्बर सार्कीले आफ्नी श्रीमती अन्दाजी ४० वर्षकी सितली सार्कीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बुधवार बिहान डम्बर आफैँले श्रीमतीको हत्या गरेको भन्दै प्रहरी कार्यालय पुगेको प्रहरी उपरीक्षेक भवानीप्रसाद धमालाले जानकारी दिएका छन् । ‘हिजो राति डम्बरले श्रीमतीको हत्या गरेपछि आज बिहानै हाम्रो कार्यालयमा गएर मैले श्रीमतीको हत्या गरेको छु भनेर हाजिर भए’, जवान धमालाले भने।

उनी प्रहरी नियन्त्रणमा रहेका छन् । ‘अहिले जिप्रकाबाट प्रहरीको टोली घटनास्थलमा आएर अनुसन्धान गरिरहेको छ, मृतक सितलीको टाउँकोमा घाउ देखिएको छ’, उनले भने। हत्या के कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?