Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु


सुन्दरहरैँचा। मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु भएको छ । स्थानीय कला संस्कृति तथा उत्पादन प्रवर्धन गर्ने उद्देश्यले डाँगीहाट युथ क्लबको आयोजनामा सोमबारदेखि सुरु गरिएको सो महोत्सव प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले शुभारम्भ गरेका थिए ।
उक्त महोत्सव शुभारम्भका अवसरमा विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएका थिए भने स्थानीय उत्पादनको बजारीकरणका लागि कृषितर्फका १५ खानाको प्रदर्शनीका साथै  व्यापार प्रबर्धनका  लागि १० वटा स्टल महोत्सवमा राखिएको आयोजक समितिका संयोजक ज्ञानुराज राईले बताए ।
सो समितिका सचिव शम्भु बस्नेतले मेलामा रु ४१ लाख पाँच हजार खर्च हुने अनुमान गरिएको उल्लेख गरे । स्थानीयवासीले उत्पादन गरेका हस्तकलाका उत्पादन प्रदर्शनीका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको सो महोत्सवमा विभिन्न कलाकारहरूले साङ्गीतिक कार्यक्रम समावेश गरिएकोे छ  ।

प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?