Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

दार्चुलाबाट सर्‍यो महाकाली नदी नियन्त्रण आयोजना


खलङ्गा,दार्चुला। दार्चुलामा रहेको महाकाली नदी नियन्त्रण आयोजना बैतडीको पाटन सरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको यो आयोजना नाम परिवर्तन भएर बैतडी सरेको हो ।

सोमबार आयोजना प्रमुखसहित कर्मचारी बैतडीको पाटन हिँडेका छन् भने दार्चुलामा सम्पर्क कार्यालय रहने गरी कार्यालयका खरिदार गीता जोशीलाई सम्पर्क व्यक्ति तोकेर हाललाई खटाइएको आयोजना प्रमुख दिनेशप्रसाद आचार्यले बताएका छन् ।

त्यस्तै, गत वैशाख २० गतेको मन्त्रिपरिषद्को बैठकले दार्चुला सदरमुकाम खलङ्गामा रहेको महाकाली नदी नियन्त्रण आयोजनालाई बैतडीको पाटनमा सार्ने निर्णय गरेको थियो भने सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाका नामले बैतडीको पाटनमा कार्यालय खुलेको छ । त्यहाँको कार्यालयको क्षेत्राधिकार सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला हेर्ने गरी बनाइएको छ भने नदी नियन्त्रणका लागि १९ वटा प्याकेजमा काम भइरहेको र अझै दुई वटा प्याकेजको काम बाँकी रहेको छ ।

त्यस्तै, गतवर्ष लास्कु खोलामा आएको बाढीले करिब एक किलोमिटर तटबन्धमा क्षति पुर्‍याएको थियो भने काम बाँकी छँदै कार्यालय सार्ने निर्णयप्रति दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले पटक-पटक प्रधानमन्त्री र मन्त्रीलाई भेटेर लिखित तथा मौखिक असन्तुष्टी जनाएको उनले बताए ।


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?