Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय ललितपुरमा


ललितपुर। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय ललितपुर महानगरपालिका–४ जावलाखेलमा निर्माण सुरु भएको छ । मच्छिन्द्रनाथको रथ यात्रा ललितपुरमा प्रत्येक वर्ष हुँदै आएको छ ।

त्यस्तै, ललितपुरको अन्य जात्रामध्येमा सबैभन्दा लामो जात्राका रुपमा चिनिने रातो मच्छिन्द्रनाथको रथयात्रा, पात्रोअनुसार करिब दुई महिनासम्म सञ्चालन हुने गर्छ । ललितपुरको पुल्चोकबाट पाटनका विभिन्न स्थानमा रथयात्रा गरेपछि जावलाखेलमा भोटो देखाएपछि यो सम्पन्न हुन्छ भने जावलाखेलमा करिब चार दिन रथ राखिने भएकाले जावलाखेलमै रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय निर्माण हुन लागेको हो ।

ललितपुर महानगरपालिका–४ का वडाअध्यक्ष सन्तोष खड्काका अनुसार ललितपुर महानगरपालिकाको रु ८५ लाखको लागतमा सङ्ग्रहालय निर्माण थालिएको हो । प्रदेश सरकारअन्तर्गतको पर्यटन मन्त्रालयले सङ्ग्रहालय निर्माण गर्न रु ४५ लाख प्रदान गर्ने सम्झौता भएको वडाअध्यक्ष खड्काले जानकारी दिए । उक्त सङ्ग्रहालय भवन दुई तलाको हुनेछ भने त्यसमा रातो मच्छिन्द्रनाथको जात्रासँग सम्बन्धित सामग्री राखिनेछन् । रातो मच्छिन्द्रनाथ जात्रासँग सम्बन्धित विभिन्न ऐतिहासिक सामग्री सङ्कलन गर्न सम्बन्धित निकायमा पत्रचार गरिएको वडाअध्यक्ष खड्काले जानकारी दिए ।

त्यसैगरी, रातो मच्छिन्द्रनाथको १२ वर्षे जात्रा र बर्सेनि सञ्चालन हुने जात्रामा प्रयोग गरिने रथको पाङ्ग्रा ललितपुरको जावलाखेलमा राखिने गरिएको छ । रथको पाङ्ग्रा राख्ने भवन जीर्ण अवस्थामा छ भने धेरै वर्ष पहिलेदेखि प्रयोग गरिएको रथका पाङ्ग्राहरु घामपानीबाट जोगाउनका टहरमा राखिएको छ ।

हाल सङ्ग्रहालय निर्माण कार्य सुरु भएको ठाउँमा ऐतिहासिक पाटी रहेको ललितपुर महानगरपालिका–४ का वडासचिव ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । उनले भने, “रातो मच्छिन्द्रनाथको जात्रको समयमा बत्ती बाल्न आउँदा भक्तजन पाटीमा बस्ने गरेको इतिहास छ भने ऐतिहासिक पाटी भत्किएपछि त्यसलाई ट्राफिक प्रहरीले उपयोग गरेको छ ।


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?