Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय ललितपुरमा


ललितपुर। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय ललितपुर महानगरपालिका–४ जावलाखेलमा निर्माण सुरु भएको छ । मच्छिन्द्रनाथको रथ यात्रा ललितपुरमा प्रत्येक वर्ष हुँदै आएको छ ।

त्यस्तै, ललितपुरको अन्य जात्रामध्येमा सबैभन्दा लामो जात्राका रुपमा चिनिने रातो मच्छिन्द्रनाथको रथयात्रा, पात्रोअनुसार करिब दुई महिनासम्म सञ्चालन हुने गर्छ । ललितपुरको पुल्चोकबाट पाटनका विभिन्न स्थानमा रथयात्रा गरेपछि जावलाखेलमा भोटो देखाएपछि यो सम्पन्न हुन्छ भने जावलाखेलमा करिब चार दिन रथ राखिने भएकाले जावलाखेलमै रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय निर्माण हुन लागेको हो ।

ललितपुर महानगरपालिका–४ का वडाअध्यक्ष सन्तोष खड्काका अनुसार ललितपुर महानगरपालिकाको रु ८५ लाखको लागतमा सङ्ग्रहालय निर्माण थालिएको हो । प्रदेश सरकारअन्तर्गतको पर्यटन मन्त्रालयले सङ्ग्रहालय निर्माण गर्न रु ४५ लाख प्रदान गर्ने सम्झौता भएको वडाअध्यक्ष खड्काले जानकारी दिए । उक्त सङ्ग्रहालय भवन दुई तलाको हुनेछ भने त्यसमा रातो मच्छिन्द्रनाथको जात्रासँग सम्बन्धित सामग्री राखिनेछन् । रातो मच्छिन्द्रनाथ जात्रासँग सम्बन्धित विभिन्न ऐतिहासिक सामग्री सङ्कलन गर्न सम्बन्धित निकायमा पत्रचार गरिएको वडाअध्यक्ष खड्काले जानकारी दिए ।

त्यसैगरी, रातो मच्छिन्द्रनाथको १२ वर्षे जात्रा र बर्सेनि सञ्चालन हुने जात्रामा प्रयोग गरिने रथको पाङ्ग्रा ललितपुरको जावलाखेलमा राखिने गरिएको छ । रथको पाङ्ग्रा राख्ने भवन जीर्ण अवस्थामा छ भने धेरै वर्ष पहिलेदेखि प्रयोग गरिएको रथका पाङ्ग्राहरु घामपानीबाट जोगाउनका टहरमा राखिएको छ ।

हाल सङ्ग्रहालय निर्माण कार्य सुरु भएको ठाउँमा ऐतिहासिक पाटी रहेको ललितपुर महानगरपालिका–४ का वडासचिव ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । उनले भने, “रातो मच्छिन्द्रनाथको जात्रको समयमा बत्ती बाल्न आउँदा भक्तजन पाटीमा बस्ने गरेको इतिहास छ भने ऐतिहासिक पाटी भत्किएपछि त्यसलाई ट्राफिक प्रहरीले उपयोग गरेको छ ।


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?