Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

तनहुँमा प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम


तनहुँ। तनहुँ जिल्लामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम प्रभावकारी बन्दै गएको छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिको हकहितका लागि प्रभावकारी ढङ्गले सेवा प्रवाह गरेकाले यसको प्रभाव बढेको हो ।

त्यस्तै, वैदेशिक रोजगारीमा ठगिएका, दुर्घटनामा परी घाइते भएका, मृत्यु भएकालगायत पीडितका निम्ति संस्थाले काम गर्दै आएको सामी कार्यक्रमकी परामर्शदाता गोमा तिवारीले जानकारी दिइन् । केही दिनअघि मात्रै व्यास–५ पाटन निवासी ४३ वर्षीय राजकुमार अच्छामीको साउदीमा मृत्यु भएपछि करिब दुई हप्तामा शव नेपाल ल्याउन सफल भएको छ । “मृतकका परिवारले मङ्सिर १ गते सामी कार्यालयमा आएर निवेदन दिएपछि प्रक्रिया अघि बढाएका थियौँ”, उनले भने, “छिट्टै शव झिकाएर आफन्तको जिम्मा लगाउन सफल भएका छौँ ।” उनका अनुसार अच्छामीको मङ्सिर १४ गते परिवारको जिम्मा लगाई जातीय पराम्पराअनुरुप दाहसंकार गरिसकेका छन् ।

त्यसैगरी, गत कात्तिक २१ गते साउदीमा साइकल दुर्घटनामा परी मृत्यु भएको थियो । साउदी अरबबाट छोटो अवधिमा शव नेपाल ल्याउन सफल भएको यो पहिलो घटना हो । सामी कार्यक्रमले विदेश जाने क्रममा ठगिएका कैयौँ व्यक्तिको फसेको रकम पीडितलाई फिर्ता गराउन सफल भएका छौँ”, उनले भने । सामी कार्यक्रमले छोराको शव नेपाल झिकाउन ठूलो सहयोग गरेको मृतककी आमा रेनु अच्छामीले बताइन् ।

वैदेशिक रोजगारीको सिलसिलामा लामो समयदेखि मोटो रकम फसेका व्यक्तिलाई कानुनी प्रक्रियाबाट रकम उपलब्ध गराएपछि पीडित परिवार खुशी भएर घर फर्किने गरेका छन् । त्यसैगरी सम्झौताअनुरुप काम गर्न नपाएका, कम्पनीले पासपोर्ट होल्ड गरी राखेका, अलपत्र बनाइएका लगायतका व्यक्तिको उद्धार गरी क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउन सामीले सहजीकरण गर्दै आएको उनले बताइन् ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय तनहुँमा राहदानी बनाउन आउने युवायुवतीलाई विदेशमा जाँदा अपनाउनुपर्ने सतर्कताका बारेमा सचेत गराएर सामीले पठाउने गरेको छ भने आर्थिक वर्ष ०७९/८० मा तनहुँमा एक सय ६२ वटा मुद्दा दर्ता भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा ठगिएका, मृत्यु भएका, दुर्घटनामा परी घाइते भएकालगायत घटना ९४ वटा मुद्दा सामीको सक्रियतामा फर्छ्यौट भएका हुन् ।

परामर्शदाता तिवारीका अनुसार बाँकी ६८ वटा मुद्दा फर्छ्यौटको प्रक्रियामा छन् भने गत सामी कै सक्रियतामा जिल्लाका नौजनाको शव नेपाल ल्याइएको थियो ।


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?