Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

तनहुँमा प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम


तनहुँ। तनहुँ जिल्लामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम प्रभावकारी बन्दै गएको छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिको हकहितका लागि प्रभावकारी ढङ्गले सेवा प्रवाह गरेकाले यसको प्रभाव बढेको हो ।

त्यस्तै, वैदेशिक रोजगारीमा ठगिएका, दुर्घटनामा परी घाइते भएका, मृत्यु भएकालगायत पीडितका निम्ति संस्थाले काम गर्दै आएको सामी कार्यक्रमकी परामर्शदाता गोमा तिवारीले जानकारी दिइन् । केही दिनअघि मात्रै व्यास–५ पाटन निवासी ४३ वर्षीय राजकुमार अच्छामीको साउदीमा मृत्यु भएपछि करिब दुई हप्तामा शव नेपाल ल्याउन सफल भएको छ । “मृतकका परिवारले मङ्सिर १ गते सामी कार्यालयमा आएर निवेदन दिएपछि प्रक्रिया अघि बढाएका थियौँ”, उनले भने, “छिट्टै शव झिकाएर आफन्तको जिम्मा लगाउन सफल भएका छौँ ।” उनका अनुसार अच्छामीको मङ्सिर १४ गते परिवारको जिम्मा लगाई जातीय पराम्पराअनुरुप दाहसंकार गरिसकेका छन् ।

त्यसैगरी, गत कात्तिक २१ गते साउदीमा साइकल दुर्घटनामा परी मृत्यु भएको थियो । साउदी अरबबाट छोटो अवधिमा शव नेपाल ल्याउन सफल भएको यो पहिलो घटना हो । सामी कार्यक्रमले विदेश जाने क्रममा ठगिएका कैयौँ व्यक्तिको फसेको रकम पीडितलाई फिर्ता गराउन सफल भएका छौँ”, उनले भने । सामी कार्यक्रमले छोराको शव नेपाल झिकाउन ठूलो सहयोग गरेको मृतककी आमा रेनु अच्छामीले बताइन् ।

वैदेशिक रोजगारीको सिलसिलामा लामो समयदेखि मोटो रकम फसेका व्यक्तिलाई कानुनी प्रक्रियाबाट रकम उपलब्ध गराएपछि पीडित परिवार खुशी भएर घर फर्किने गरेका छन् । त्यसैगरी सम्झौताअनुरुप काम गर्न नपाएका, कम्पनीले पासपोर्ट होल्ड गरी राखेका, अलपत्र बनाइएका लगायतका व्यक्तिको उद्धार गरी क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउन सामीले सहजीकरण गर्दै आएको उनले बताइन् ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय तनहुँमा राहदानी बनाउन आउने युवायुवतीलाई विदेशमा जाँदा अपनाउनुपर्ने सतर्कताका बारेमा सचेत गराएर सामीले पठाउने गरेको छ भने आर्थिक वर्ष ०७९/८० मा तनहुँमा एक सय ६२ वटा मुद्दा दर्ता भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा ठगिएका, मृत्यु भएका, दुर्घटनामा परी घाइते भएकालगायत घटना ९४ वटा मुद्दा सामीको सक्रियतामा फर्छ्यौट भएका हुन् ।

परामर्शदाता तिवारीका अनुसार बाँकी ६८ वटा मुद्दा फर्छ्यौटको प्रक्रियामा छन् भने गत सामी कै सक्रियतामा जिल्लाका नौजनाको शव नेपाल ल्याइएको थियो ।


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?