Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

सहज कर्जा प्रवाहले सेयर, घरजग्गा र क्रिप्टोमा लगानी हुँदा समस्या आयो : अर्थमन्त्री महत


काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले विगतमा सहज रुपम कर्जा प्रवाह भएको र त्यसको सही सदुपयोग नहुँदा अहिले निजी क्षेत्रमा समस्या परेको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा मंगलबार बिहान पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री डा. महतले विगतमा सहज रुपमा कर्जा प्रवाह भएको र सहज कर्जा प्रवाह हुँदा जग्गा, सेयर र क्रिप्टोमा पनि गयो भन्ने आएको र त्यसको अध्ययन भइरहेको बताएका छन् । ती क्षेत्रले ग्रहण गर्नसक्ने भन्दा बढी कर्जा प्रवाह हुँदा अहिले त्यसको प्रतिफल नआएको र जसले गर्दा हिजो ऋण लिएकाहरुले अहिले कर्जा तिर्न नसकेको अर्थमन्त्री महतले बताएका छन् ।

त्यस्तै, ‘ऋण लिनेहरु समस्यामा छन् । समस्यामा भएकोले सबै बिग्रियो भन्नु स्वभाविक नै हो । अहिले घरजग्गाको कारोबार पनि पिकअप गर्दै छ,’ अर्थमन्त्री महतले भने, ‘ठिक ठाउँमा लगानी गर्दा पनि परिणाम आउन नसकेर अप्ठेरोमा परेकालाई ब्याज तिर्न समय थप गरेर राहत दिन कोसिस सरकारको तर्फबाट हुन्छ ।’ ती क्षेत्रले ग्रहण गर्नसक्ने भन्दा बढी कर्जा प्रवाह हुँदा अहिले त्यसको प्रतिफल नआएको र जसले गर्दा हिजो ऋण लिएकाहरुले अहिले कर्जा तिर्न नसकेको अर्थमन्त्री महतले बताएका छन् ।

उनले अहिले समग्रमा बाह्य क्षेत्र राम्रो रहेको बताए । ‘रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटन पनि बढीरहेको छ । यी सबै कारणले आर्थिक गतिविधि बढ्छ,’ उनले भने, ‘आर्थिक गतिविधिमा सुधार हुन लागेको छ । केही धैर्यता गर्नुपर्छ । ऋण लिनेहरुको केही समस्या छ । त्यसको पनि विस्तारै समाधान निस्कन्छ ।’

 

 


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?