Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

अञ्जनले जिते वर्ष पुरुष खेलाडीको अवार्ड


२३ फागुन, काठमाडाैँ। नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्ट स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडी भएका छन् ।

मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले गरेको अवार्ड कार्यक्रममा अञ्जनले उत्कृष्ट पुरुष खेलाडीकाे अवार्ड जितेका हुन् ।

अञ्जन नेपाली राष्ट्रिय फुटबल टोलीका तेश्रो सर्वाधिक गोलकर्ता हुन् । अञ्जनले फुटबलकै किरण चेम्जोङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल तथा ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पार्दै वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् ।

अन्जनले विश्व कप २०२२ छनाेटमा चाइनिज ताइपेई तथा १३ औँ साफ च्याम्पियन्शिपमा श्रीलङ्का र बङ्गलादेश विरूद्ध गोल गरेका थिए।

त्यसैगरी, महिला तर्फ भने वर्ष उत्कृष्ट खेलाडीको अवार्ड भने राष्ट्रिय भलिबल टोलीकी अरुणा शाहीले जितेकी छिन् ।


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?