Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

अञ्जनले जिते वर्ष पुरुष खेलाडीको अवार्ड


२३ फागुन, काठमाडाैँ। नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्ट स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडी भएका छन् ।

मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले गरेको अवार्ड कार्यक्रममा अञ्जनले उत्कृष्ट पुरुष खेलाडीकाे अवार्ड जितेका हुन् ।

अञ्जन नेपाली राष्ट्रिय फुटबल टोलीका तेश्रो सर्वाधिक गोलकर्ता हुन् । अञ्जनले फुटबलकै किरण चेम्जोङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल तथा ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पार्दै वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् ।

अन्जनले विश्व कप २०२२ छनाेटमा चाइनिज ताइपेई तथा १३ औँ साफ च्याम्पियन्शिपमा श्रीलङ्का र बङ्गलादेश विरूद्ध गोल गरेका थिए।

त्यसैगरी, महिला तर्फ भने वर्ष उत्कृष्ट खेलाडीको अवार्ड भने राष्ट्रिय भलिबल टोलीकी अरुणा शाहीले जितेकी छिन् ।


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?