Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

छुट्टाछुट्टै स्थानमा पाँच जना मृत अवस्थामा फेला


१७ ,मङ्सिर ,काठमाडौँ । भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका–९ बोडेस्थित प्रयोगमा नरहेको सार्वजनिक शौचालयको पेटीमा दोलखा काटाकुटी गाउँपालिका–२ घर भएका ४१ वर्षीय निमा लामा आज मृत अवस्थामा फेला परेका छन् । उनी बोडे क्षेत्रमा मजदुरी काम गर्दै उक्त पेटीमा बस्दै आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैगरी दाङ जिल्ला घोराही उपमहानगरपालिका–१७ स्थित सिस्ने खोलामा सोही उपमहानगरपालिका–१७ घनिबगिया बस्ने ६० वर्षीय हिरालाल चौधरी आजै मृत अवस्थामा फेला परेको जनाइएको छ ।

कञ्चनपुर जिल्ला बेल्डाँडी गाउँपालिका–१ नवज्योती टोल बस्ने ४७ वर्षीया रुपा सुनार आफ्नै घरमा आज मृत अवस्थामा फेला परेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ललितपुर जिल्ला ललितपुर महानगपालिका–२५ भैँसेपाटी ओकाथली डेरा गरी बस्ने झापा घर भएकी ४० वर्षीया एलिना राई आफु बस्ने कोठाको बाहिर पट्टिको शौचालयमा मृत अवस्थामा फेला परेकी छन् ।

झापा जिल्ला गौरादह नगरपालिका–४ डोरामारी बस्ने ७५ वर्षीय जयप्रसाद सङ्ग्रौला गौरादह नगरपालिका–४ र गौरदह नगरपालिका–६ को सिमानामा पर्ने दामुना खोलामा आजै मृत अवस्थामा फेला परेका छन् । यी सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?