Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यक: मन्त्री ज्वाला


काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन लागिपरेको बताएका छन् । अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमा उनले यातायात, सडक तथा धार्मिकस्थल निर्माण गर्दा अपाङ्गमैत्री बनाउन मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्री ज्वालाले अपाङ्गता भएका वर्गले आत्मनिर्भर र सम्मानीत जीवन बाँच्न पाउने पहिलो अधिकार हुनुपर्नेमा जोड दिए  । उनले भने, “संविधानमा मात्र अधिकारका कुरा उल्लेख गरेर मात्रै पुग्दैन, अपाङ्गता भएका व्यक्तिको उत्थानका लागि आत्मनिर्भर र सम्मानित जीवन बाँच्ने वातावरण मिलाउनु राज्यको पहिलो दायित्व हो ।” राष्ट्रिय अपाङ्गता महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आचार्यले अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि तीनै तहका सरकार सकारात्मक हुनुपर्ने बताए । त्यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्यालले राष्ट्रिय अपाङ्गता नीति छिट्टै पारित गर्नुपर्नेमा जोड दिए। उनले भने, “सामाजिक, आर्थिक तथा पर्यावरणीय न्यायको आयाम समेटिएको राष्ट्रिय अपाङ्गता नीति छिट्टै पारित गर्न मन्त्रालयले पहल गरिरहेको छ भने अपाङ्गता भएका वर्गलाई मर्यादित जीवन निर्वाह गर्न अहिलेको प्रविधिसँग जोड्नुपर्छ ।”
समाज कल्याण परिषद्का सूचना अधिकारी सञ्जयकुमार मल्लिकले सरकारले यस वर्षको अपाङ्गता दिवसको राष्ट्रिय नारा ‘दिगो विकास लक्ष्यप्राप्तिको प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ को मूल मर्मलाई आत्मसाथ गरेर कार्यक्रम तयार गर्नुपर्ने बताएका छन् । उक्त कार्यक्रममा अपाङ्गता भएका  क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका  पार्वती पौडेल, सन्तोष पौडेल, भावुकजङ्ग थापा,  शर्मिला विश्वकर्मा, टीकाराम घिमिरे, प्रतिमा शर्मा, गोमा अधिकारी, टेकनाथ न्यौपाने, निर्मला देवकोटा र ईश्वर रैलालाई पुरस्कार दिइएको थियो ।
सो संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ ।

प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?