Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

ट्रकको ठक्करबाट महिलाको मृत्यु, तीन घाइते


१७ ,मङ्सिर ,तनहुँ । ट्रकले ठक्कर दिँदा हिजो तनहुँमा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अुनसार भीमाद नगरपालिका–९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन् ।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रकले म्याग्दे गाउँपालिका–६ मौरीबजारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा ट्रकले ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक विकका श्रीमान् रामचन्द्र विक, छोरा तीन वर्षीय सुमन र छ वर्षीय गुराँस घाइते भएका छन् । घाइते तीनै जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।

पथ प्रदर्शकको निधन

यसैबीच लाङ्टाङ पदयात्रा सम्पन्न गरी फर्कदै गरेका एक पथप्रर्दशक धादिङ धुनीबेँसीका ५० वर्षीय कुमार पाण्डे रहेको मृत्यु भएको छ ।

रसुवा जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार एक विदेशी नागरिकलाई लाङ्टाङ घुमाई काठमाडौँ फर्कने क्रममा बास बसेको लामा होटलको कोठामा उनलाई आज मृतावस्थामा भेटिएको हो ।


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?