Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

हमासको कब्जामा रहेका बिपिनको रिहाईको लागि कतार जाँदै परराष्ट्रमन्त्री !


काठमाडाै । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जानु हुँदै छ। इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक बिपिन जोशीको रिहाईको पहलका लागि उहाँ मंसिर २३ मा कतार जान लाग्नु भएको हो।

यस अघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाईका लागि पहल गरिदिन आग्रह गर्नु भएको थियो।
जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाईका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिनुभएको थियो। त्यसअघि मंसिर ७ गते (बिहीवार) उहाँले जोशीको रिहाईका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गर्नुभएको थियो।

परराष्ट्रमन्त्री साउदले आज (बुधबार) गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बिपिन जोशीका बुवा आमासँग पनि भेट गर्नु भएको छ। कतार बसाइँका क्रममा उहाँ दोहा २१ औं फोरममा पनि सहभागी हुनुहुने छ। डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ।


प्रकाशित मिति: १६ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?