Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

महत्त्वकांक्षा नत्यागे कांग्रेस रूपान्तरण सम्भव छैनः डा शेखर कोइराला


लुम्बिनी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेताहरुले उग्र महत्त्वकांक्षा त्यागेर आफ्नो आचरण नसुधारे सम्म कांग्रेस पार्टी परिवर्तन नहुने बताएका छन् । कोइरालाले कांग्रेस पार्टी परिबर्तन नभएसम्म देशमा सुशासन नआउने समेत बताए ।

युवालाई बिदेश पलायन हुनबाट रोक्न नसके देश थप धरासायी हुने कोइरालाको भनाई थियो । “दैनिक लस्कर लागेर युवा बिदेशिएकोमा हामी कसैलाई चिन्ता छैन । केवल स्वार्थ केन्द्रीत राजनीतिमा छौं। अनि देश कसरी देश बन्छ?” कोइरालाले भने ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनलाई बुटवलमा सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले अब कुनैपनि निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने बताए । कोइरालाले कांग्रेस एक ढिक्का हुन नेताहरुले दम्भ छाड्नुपर्ने बताए ।


प्रकाशित मिति: १६ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?