Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

राष्ट्रिय सभाकी उपाध्यक्ष अर्याल भन्छिन्- चुनावमा महिलालाई प्रत्यक्षतर्फ पनि ५० प्रतिशत आरक्षण चाहिन्छ


२३ फागुन, काठमाडाैँ। राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचनमा महिलाहरुले प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था ल्याउनुपर्ने धारणा राखेकी छिन् ।

राष्ट्रिय महिला आयोगको २१ औं स्थापना दिवस तथा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम उनले उक्त धारणा राखेकी हुन् ।

उनले राज्यका तीनै तहका निर्वचानमा ५० प्रतिशत महिलाले भाग लिन पाउनुपर्ने व्यवस्था बनाउनुपर्नेमा जोड दिइन् । महिला र पुरूषको प्रतिस्पर्धा ५०-५० प्रतिशत हुनुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा उनले भनिन्, ‘हामी समानुपातिक कोटाबाट ३३ प्रतिशत पुगिराखेका छौं । नगरपालिका, महानगरपालिका, उपमहानगरपालिका, गाउँपालिकाहरुमा हेर्ने हो भने उप मात्रै हामी धेरै भइराखेको अवस्था छ । हामी प्रमुख पदहरुमा छैनौं । अबको हाम्रो मुख्य लडाइँको विषय यी प्रमुख ठाउँहरुमा पुग्ने विषयमा हुनुपर्छ । र सार्थक पदाधिकारी बन्ने अवस्थामा हामी पुग्नुपर्छ । त्यसको लागि अबको माग हाम्रो । हाम्रो लडाइँ सकिएको छैन । यो ३३ प्रतिशत मात्र होइन, नेपालको जनसंख्या पुरुषभन्दा महिलाको धेरै छ । धेरै भइकन पनि किन हामी ३३ मा मात्रै सिमित हुने । हामी ५० प्रतिशतमै जानुपर्छ । समानुपातिक होइन अब प्रत्यक्ष चुनावमा महिलाहरुको ५० प्रतिशत, पुरुषहरु ५० प्रतिशत लड्ने व्यवस्था ल्याउनुपर्छ । गाउँपालिकाको अध्यक्षमा पनि ५० प्रतिशत महिलाहरु लडाउनुपर्‍यो ।’

यस्तो व्यवस्था हुँदा निर्वाचनमा पनि शुद्धिकरण हुने उनले विश्वास व्यक्त गरिन् । केही समय अघि उनले राजनीतिक पार्टीको निर्णायक पदमा पनि महिला पुग्नुपर्ने धारणा व्यक्त गरेकी थिइन् ।


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?