Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

राष्ट्रिय सभाकी उपाध्यक्ष अर्याल भन्छिन्- चुनावमा महिलालाई प्रत्यक्षतर्फ पनि ५० प्रतिशत आरक्षण चाहिन्छ


२३ फागुन, काठमाडाैँ। राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचनमा महिलाहरुले प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था ल्याउनुपर्ने धारणा राखेकी छिन् ।

राष्ट्रिय महिला आयोगको २१ औं स्थापना दिवस तथा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम उनले उक्त धारणा राखेकी हुन् ।

उनले राज्यका तीनै तहका निर्वचानमा ५० प्रतिशत महिलाले भाग लिन पाउनुपर्ने व्यवस्था बनाउनुपर्नेमा जोड दिइन् । महिला र पुरूषको प्रतिस्पर्धा ५०-५० प्रतिशत हुनुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा उनले भनिन्, ‘हामी समानुपातिक कोटाबाट ३३ प्रतिशत पुगिराखेका छौं । नगरपालिका, महानगरपालिका, उपमहानगरपालिका, गाउँपालिकाहरुमा हेर्ने हो भने उप मात्रै हामी धेरै भइराखेको अवस्था छ । हामी प्रमुख पदहरुमा छैनौं । अबको हाम्रो मुख्य लडाइँको विषय यी प्रमुख ठाउँहरुमा पुग्ने विषयमा हुनुपर्छ । र सार्थक पदाधिकारी बन्ने अवस्थामा हामी पुग्नुपर्छ । त्यसको लागि अबको माग हाम्रो । हाम्रो लडाइँ सकिएको छैन । यो ३३ प्रतिशत मात्र होइन, नेपालको जनसंख्या पुरुषभन्दा महिलाको धेरै छ । धेरै भइकन पनि किन हामी ३३ मा मात्रै सिमित हुने । हामी ५० प्रतिशतमै जानुपर्छ । समानुपातिक होइन अब प्रत्यक्ष चुनावमा महिलाहरुको ५० प्रतिशत, पुरुषहरु ५० प्रतिशत लड्ने व्यवस्था ल्याउनुपर्छ । गाउँपालिकाको अध्यक्षमा पनि ५० प्रतिशत महिलाहरु लडाउनुपर्‍यो ।’

यस्तो व्यवस्था हुँदा निर्वाचनमा पनि शुद्धिकरण हुने उनले विश्वास व्यक्त गरिन् । केही समय अघि उनले राजनीतिक पार्टीको निर्णायक पदमा पनि महिला पुग्नुपर्ने धारणा व्यक्त गरेकी थिइन् ।


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?