Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

‘छक्का पन्जा ४’को ‘सिरूपाते जुँगामा’ गीत सार्वजनिक (भिडियो)


२३ फागुन, काठमाडाैँ। गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा ४’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । मङ्गलबार ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत फिल्मको ’सिरूपाते जुँगामा’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा बाबुल गिरीको स्वर, शङ्कर अधिकारीको शब्द र बाबुलकै सङ्गीत संयोजन तथा मिसिङ छ । गीतको भिडियोमा दीपकराज गिरी र बेनिशा हमाललाई देख्न सकिन्छ ।

हेमराज बीसीले निर्देशनमा बनेको फिल्ममा दीपक र बेनिशासँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुश्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ ।

नरेन्द्र मैनालीले छायाङ्कन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गर्नुभएको हो । यस्तै, फिल्मले घरेलु बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ ।

 


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?