Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

‘छक्का पन्जा ४’को ‘सिरूपाते जुँगामा’ गीत सार्वजनिक (भिडियो)


२३ फागुन, काठमाडाैँ। गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा ४’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । मङ्गलबार ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत फिल्मको ’सिरूपाते जुँगामा’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा बाबुल गिरीको स्वर, शङ्कर अधिकारीको शब्द र बाबुलकै सङ्गीत संयोजन तथा मिसिङ छ । गीतको भिडियोमा दीपकराज गिरी र बेनिशा हमाललाई देख्न सकिन्छ ।

हेमराज बीसीले निर्देशनमा बनेको फिल्ममा दीपक र बेनिशासँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुश्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ ।

नरेन्द्र मैनालीले छायाङ्कन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गर्नुभएको हो । यस्तै, फिल्मले घरेलु बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ ।

 


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?