Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेश प्रमुखलाई


काठमाडौं। बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पाएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा चीन भ्रमणमा जाने भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई तोकेका हुन् ।

त्यस्तै, बागमती प्रदेश प्रमुख शर्मा मंसिर १६ गतेदेखि मंसिर २१ गतेसम्म चीन भ्रमणमा जाने कार्यक्रम तय भएको छ भने बागमती प्रदेश प्रमुखको अनुपस्थितिमा प्रदेश प्रमुखले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी गण्डकी प्रदेश प्रमुख गुरूङलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति:-

 


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?