Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

प्रचण्डविरूद्ध मुद्दा चलाउनु गम्भीर विषयः बाबुराम भट्टराई


२३ फागुन, काठमाडाैँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मुद्दा चलाउने कुरा गम्भीर भएको टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंमा समाजवादी महिला संघले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा आयोजना गरेको कार्यक्रममा प्रचण्डविरूद्ध मुद्दा चलाएर बृहत् शान्ति सम्झौताको मर्मविपरीतका कार्य भएको बताए ।

द्वन्द्वकालीन मुद्दाहरूलाई निरुपण गर्न विभिन्न आयोग बनेको अवस्थामा केही द्वन्द्वको खेती गर्ने र डलरवादीहरूले शान्ति प्रक्रियाका कामलाई पूर्णता दिन नदिएको उनको आरोप थियो ।

द्वन्द्वकालीन मुद्दाहरूलाई आयोगमार्फत समाधान गर्नुपर्नेमा उनले जोड दिएका थिए ।


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?