Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

श्रम गन्तव्यमार्फत वैदेशिक स्रोत जुटाउन बाटो खुला


काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडीसहित नेपाली श्रमिकको प्रमुख गन्तव्य देशहरूलाई लक्षित गर्दै दक्ष जनशक्ति उत्पादन गर्न वैदेशिक स्रोत जुटाउन बाटो खोलिदिएको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गर्ने मन्त्रालयको बिहीबारको निर्णयले प्रमुख गन्तव्य मुलुकका सरकारलाई जनशक्ति उत्पादनका लागि लगानी गर्न बाटो खुलेको हो ।

त्यस्तै, मन्त्रिपरिषद्ले कात्तिक २३ मा ‘राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति २०८०’ गठन आदेश जारी गरेको थियो । त्यही आदेशका आधारमा मन्त्रालयले समिति गठन गर्ने निर्णय गरेको हो । उक्त समितिको एउटा छुट्टै कोषको व्यवस्था गरिएको छ भने यसअघि श्रम मन्त्रालयकै मातहतमा रहेको व्यावसायिक सीप विकास तालिम प्रतिष्ठानसँग आफ्नो कोष थिएन । प्रतिष्ठान भने बिहीबारदेखि खारेज भएको छ । समितिको कोषमा नेपाल सरकारबाट प्राप्त हुने अनुदान, स्वदेशी व्यक्ति, निकाय वा संस्थाबाट सहायता स्वरूप प्राप्त हुने रकम, विदेशी व्यक्ति, सरकार वा अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट प्राप्त हुने रकम, समितिले उपलब्ध गराएको कुनै सेवाबापत प्राप्त हुने रकम जम्मा हुनेछ ।

श्रम सचिवको अध्यक्षतामा १२ सदस्यीय रहने गरी विकास समिति रहनेछ । सो समितिमा श्रम, अर्थ, शिक्षा, उद्योग मन्त्रालयको प्रतिनिधि, वैदेशिक रोजगार वार्डका कार्यकारी निर्देशक, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्ष वा प्रतिनिधि, श्रम विज्ञ, तालिम विज्ञलगायत सदस्य रहनेछन् ।

उक्त समिति आफ्नै स्रोत, साधन र जनशक्तिमा चल्नेछ भने खुला प्रतिस्पर्धाका आधारमा नियुक्त हुने कार्यकारी निर्देशक समितिको सदस्य-सचिव व्यवस्था गरिएको छ ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?