Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सौहार्दपूर्ण हुनुपर्ने


१४ ,मङ्सिर ,काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन अपिल गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै सभामुख घिमिरेले आर्थिक मन्दी र व्यावसायिक वातावरण नभएको प्रचार गरी मुलुकको अर्थतन्त्र कमजोर बनाउने भन्दा पनि सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन अनुरोध गरेका हुन् ।

“हामीले विकासका पर्याप्त सम्भावना भएका कृषि, पर्यटन पूर्वाधार, आइटी तथा उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ”, सभामुखले भने, “आर्थिक मन्दी रहेको, व्यावसायिक वातावरण नभएको जस्ता नकारात्मक प्रचार गरी मुलुकको अर्थतन्त्रलाई कमजोर नबनाउन अनुरोध गर्दछु ।”

उनले अर्थतन्त्रका समस्या समाधान गर्न राजनीतिक प्रतिबद्धतासहितको लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नैपर्ने बताए । सभामुखका हैसियतले लगानीमैत्री कानून निर्माणको नेतृत्वका लागि मेरो प्रयत्न हुनेछ ”, उनले भने ।

कोभिड महामारीले थलिएको अर्थतन्त्र सुधार गर्न, नेपाली व्यवसायीहरुको आत्मविश्वास बढाउन र लगानीमैत्री वातावरण बनाउँदै आर्थिक गतिविधि वृद्धि गर्न मेला सफल हुने विश्वास सभामुखले व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैधले विश्वमा नेपाललाई लगानीको मुख्य गन्तव्यको रुपमा विकास गरी लगानी आर्कषण गर्नु मेलाको उद्देश्य भएको बताए ।

देशमा आर्थिक मन्दी र बढदो व्यापारघाटाप्रति चिन्ता व्यक्त गर्दै निर्यात बढाउनका उत्पादनको प्रर्वद्धन बढाउनुपर्नेमा उनले जोड दिए ।

सार्क उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष चण्डिराज ढकालले नेपाली उत्पादनलाई बजारमा पु¥याउन विशेष प्रयास हुनुपर्ने र त्यसका निम्ति निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्ने बताए

चीनको वाणिज्य मन्त्रालयअन्र्तगतको व्यापार विकास ब्यूरोका उपमहानिर्देशक देङ् बीले मेलामार्फत दुई देशबीचको व्यापारिक सम्बन्धलाई अझ बलियो बनाउने बताए ।

नेपालका लागि चीनका राजदूत छन सङसहित उद्योग वाणिज्य क्षेत्रसँगसम्बन्धित मुलुकका सङ्गठित सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।
यही मङ्सिर १८ गतेसम्म सञ्चालन हुने मेलामा नेपालसहित बङ्गलादेश, भारत, चीन र पाकिस्तानका दुई सय १० वटा प्रदर्शनीकक्ष छन् ।


प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?