Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

दूधको उत्पादन बढाउन माग


२३ फागुन, काठमाडाैँ । अधिकांश समय बागलुङ दूधमा आत्मनिर्भरजस्तै छ । तर सुक्खा मौसममा यहाँ केही दूध पोखराबाट ल्याउने गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कानुसार बागलुङमा हरेक वर्ष दुई करोड ४९ लाख ९१ हजार लिटर दूध उत्पादन हुने गर्छ । तर अझै उत्पादन बढाएमा दूधको बिक्रीमा समस्या छैन ।

बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष दीपक गौतमका अनुसार शुद्ध दूध खानका लागि पुगेको जस्तो देखिए पनि दूधका परिकार बनाउने गरी उत्पादन छैन । जसका कारण मिठाइलगायतका परिकार बागलुङमा बन्दैनन् ।

बलेवा र कुश्मीसेरातर्फका केही किसानले पर्वतको कुश्मा लगेर दूध बेच्छन् । यी गाउँबाट सिधै पोखरा पनि दूध पठाउने गरिएको छ । पोखरा सिधै दूध पठाउँदा किसानले राम्रो मूल्य पाउँछन् । तर जिल्ला बाहिर जाने दूध पनि पर्याप्त छैन । दैनिक दुई–चार क्यान बेच्ने किसानले मेहनतअनुसारको कमाइ पाउन सकेका छैनन् । कतिपय ग्रामीण बजारमा दूध अभाव छ ।

कृषि मन्त्रालयको अध्ययनअनुसार एक जना मानिसलाई वार्षिक ९१ लिटर दूध आवश्यक पर्छ । राष्ट्रियरूपमा निकालिएको लक्ष्यको हिसाब गर्दा बागलुङमा भने प्रतिव्यक्ति ९३ लिटर पुग्ने गरी दूध उत्पादन भइरहेको छ । यहाँका कर्मचारी र बाहिरबाट आएर बस्ने विद्यार्थीसमेतको तथ्याङ्क जोड्दा त्यो अङ्क पुग्दैन । त्यसैले दूध उत्पादन बढाउनुपर्ने माग हुन थालेको छ ।

पोखरास्थित सुजल डेरीले त बागलुङका कतिपय ग्रामीण क्षेत्रमा पुगेर दूध उत्पादन बढाउन माग गरिसकेको छ । “दूध किनेर हामी लैजान्छौँ, तपाईँहरू उत्पादन गर्नुहोस् भनेका छौँ”, डेरीका सञ्चालक डा लक्ष्मणबहादुर ढकालले भने, “दूध उत्पादन गर्न सकेमा बिक्रीको समस्या छैन ।” शुद्ध दूधमात्र उत्पादन गरेर नपुग्ने भन्दै उहाँले दुग्धजन्य परिकारमा जानुपर्ने धारणा राखे । डेरीको टोलीले जैमिनी नगरपालिकाका किसानसँग अन्तक्र्रिया गरेर दैनिक पाँच सय लिटरसम्म दूध पोखरा पठाइदिन आग्रह गरेको छ ।

पर्वतको लुङ्खुलगायतका क्षेत्रमा पनि दूध उत्पादन बढाउन सकेमा पोखरामा सहजै बिक्री गर्न सकिने गरी उद्यमीले खोजी गरेका छन् । स्थानीय किसानले पनि सोहीअनुसार उत्पादनको तयारी गरेको किसान विकास पौडेलले बताए । “यसअघि सोझै बजार लैजाने समस्या थियो, सडकले सहज बनाएपछि किसान आर्कषित भएका छन्”, पौडेलले भने, “व्यवस्थित कृषि फार्म चलाउन सकियो भने दूध बेच्न समस्या छैन ।”

जैमिनी नगरपालिका–१ का अध्यक्ष विष्णु आचार्यले नगर क्षेत्रभित्रका किसानलाई गाईभैँसी खरिदमा अनुदान बढाउन सकेमा दूध उत्पादन पनि बढ्ने बताए । “धेरै दूध दिने गाईहरू भित्र्याएर नियमित सङ्कलन गर्दै बजार पठाउन सकियो भने किसान काम गर्न तयार छन्”, उनले भने, “यो अवस्था आएमा पशुफार्मका लागि घाँसको व्यवस्थापनमा पनि पहल गर्छौँ ।”

पछिल्लो समय आएको सुपर नेपयर घाँसले गाईको दूध उत्पादन क्षमता बढाउने, ब्याउने गाईको सुरक्षा हुनेलगायतको फाइदा आएको भन्दै पुराना घाँसभन्दा नयाँ लगाउन ढकालले सिफारिस गराएका छन् । “किसानको तत्परता भयो भने प्रतिदिन १२ लिटर दूध दिने गाईलाई ३० लिटरसम्म पुर्याउन सकिन्छ”, ढकालले भने, “फार्ममा पाल्ने तरिका फेर्दा पनि सुधार हुन्छ ।” ढकालका अनुसार सिमेन्टको भुइँ बनाउँदा गाईको खुट्टामा घाउ भएर दूध घटाउने गरेको, तनावका कारण गाई ब्याउने दर घटेको जस्ता अनुभव उनले सुनाए । ग्रामीण क्षेत्रमा सिमेन्टको भन्दा माटोकै भकारोमा राख्न उनले सुझाए ।

बागलुङको ताराखोलामा लिमे र पाराकोटे जातको भैँसी संरक्षण अभियानले पनि दूध उत्पादनमा बढोत्तरी दिएको छ । तर सडक अभावले ताराखोलाका किसानले भने समयमा बजारमा दूध पठाउन नसकेको बताए । “समयमै दूध बजार पुग्ने भए किसानले उत्पादन बढाउन चाहेका छन्”, स्थानीय प्रमानन्द गौतमले भने, “उत्पादनलाई बजारीकरणमा राज्यले साथ दिनुपर्छ ।”


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?