Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

सिकिस्त बिरामीलाई काठमाडौँ पुर्याउनुपर्ने बाध्यता हट्दै


२३ फागुन, नेपालगञ्ज। नेपालगञ्जमा सिकिस्त बिरामीलाई उपचारका लागि काठमाडौँ वा भारतको लखनउ पुर्याउनुपर्ने बाध्यता हट्दै गएको छ ।

सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन नेपालगञ्जस्थित वेस्टर्न अस्पतालले अत्याधुनिक सुविधासहित आठ शय्याको सघन उपचारकक्ष (आइसीयू) सेवा सुरु गरेपछि अब सिकिस्त बिरामीको उपचार पनि नेपालगञ्जमै सम्भव भएको अस्पतालका प्रबन्ध निर्देशक डा राहुल थापाले जानकारी दिए ।

उनका अनुसार यसअघि भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा सीमित सघन उपचारकक्ष रहे पनि सिकिस्त बिरामीको सङ्ख्या धेरै हुने हुँदा थप उपचारका लागि काठमाडौँ वा भारतको लखनउ प्रेषण गर्नुपर्ने बाध्यता थियो ।

आइसीयू सञ्चालन नहुँदा वेष्टर्न अस्पतालले मात्रै दैनिक करिब पाँच सिकिस्त बिरामीलाई थप उपचारका लागि काठमाडौँ वा भारतको लखनउ प्रेषण गर्दै आएको थियो । अब नेपालगञ्जमै आइसीयूकक्ष भएपछि बिरामीले आफ्नै ठाउँमा सहजरूपमा उपचार पाउने डा थापाको भनाइ छ ।

आइसीयूमा भर्ना हुने हरेक बिरामीका लागि एक–एक जना तालिमप्राप्त नर्सका साथै २४सै घण्टा ‘क्रिटिकल केयर कन्सल्टेन्ट’ चिकित्सकको निगरानी रहने व्यवस्था मिलाइएको छ । यस्तो सुविधा भएको आइसीयू सञ्चालन गर्ने वेष्टर्न अस्पताल काठमाडौँ उपत्यका बाहिरको पहिलो निजी अस्पताल हो ।

विगत १९ वर्षदेखि सञ्चालित वेष्टर्न अस्पतालले छ शय्याको एचडीयू सेवा पनि सुरु गरेको छ । केही दिनमै छ शय्याको एनआइसीयू पनि सञ्चालन गर्ने तयारी गरेको अस्पतालका प्रबन्ध निर्देशक थापाले जानकारी दिए ।

आइसीयूमा भर्ना हुने बिरामीको स्वास्थ्य सूचकहरूका बारेमा जानकारी दिनका लागि डब्लुएचओको मापदण्डअनुसार बिरामीको स्वास्थ्य सूचक सूचना प्रणाली मिलाइएको छ । आइसीयूमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाहरूबाट उच्च शिक्षा र तालिमप्राप्त अनुभवी चिकित्सक र नर्सहरू कार्यरत रहेको प्रबन्ध निर्देशक थापाको भनाइ छ ।

अत्याधुनिक उपकरण र दक्ष स्टाफ नर्ससहित चिकित्सकहरूको टिम बनाएर वेष्टर्न अस्पतालले नेपालगञ्जमै काठमाडौँ र लखनउका ठूला र सुविधासम्पन्न अस्पतालकै हाराहारीमा उपचार सेवा दिने प्रयास गरिरहेको अस्पतालको क्रिटिकल केयर विभागका प्रमुख डा पारस पाण्डेले जानकारी दिए ।


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?