Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कर्णालीमा अब ८० सिट क्षमताको जहाज उडाउने तयारी


काठमाडौं। सुर्खेत विमानस्थलमा अब ८० सिट क्षमताको क्यानेडियन ड्यास-८ विमान सञ्चालन हुने भएको छ ।

कर्णाली प्रदेशका दुर्गम जिल्लाहरू प्रवेश गर्ने मुख्य प्रवेशद्धारमा रहेको सुर्खेत विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सले हाल तराईका विमानस्थलमा सञ्चालन गरिरहेको ‘डी ह्याभिल्यान्ड क्यानडा (डीएचसी) ड्यास ८’ विमानलाई मंसिरदेखि सुर्खेत उपत्यकामा पनि उडान अनुमति दिएको छ ।

त्यस्तै, सुर्खेतमा सञ्चालन हुने ठूलो जहाजले सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाअन्तर्गत पश्चिमी भेगका नगर र गाउँपालिकाका स्थानीय, कर्मचारी, पदाधिकारीलाई पनि नेपालगन्ज र धनगढी विमानस्थल भएर काठमाडौंबाट ओहोरदोहोर गर्नुपर्ने लामो दूरीको बाध्यात्मक यात्रा अझ छोटो, सस्तो र सहज हुने भएको छ ।

१० महिनाअघि भएको परीक्षण उडान सफलपछि श्रीले मङ्सिर १५ गतेदेखि दैनिक काठमाडौं–सुर्खेत क्यानेडियन विमान ड्यास-८ बाट उडान गर्न लागेको एयरलाइन्सले जनाएको छ ।

 


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?