Trending
>>   पूर्वाधार विकास समितिका सदस्यहरूद्वारा ग्वार्को फ्लाई ओभरको स्थलगत अनुगमन >>   देशलाई सङ्कट पर्दा सबै एक ठाउँमा आएर निकास दिनु सबैको कर्तव्यः मन्त्री ठकुरी >>   नक्कली महानगरलाई सक्कली महानगर यातायातको चेतावनीः नाम र डिजाइन तत्काल हटाउनूस् >>   उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न, असार दोस्रो साता पूर्ण बैठक बस्ने >>   नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरणः मन्त्री गुरुङ >>   कर्मचारीहरूलाई असिमित अवधिसम्म कामकाजमा खटाउने कार्य बन्द हुने >>   पुल सुधार तथा मर्मत कार्यक्रमका लागि २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण… >>   बैंकमा निक्षेप बढेको बढ्यै, एकैदिन ९० अर्ब खिच्दै राष्ट्र बैंक >>   सुनचाँदी कारोबारलाई नियमन गर्ने सरकारी निकाय छैनः अध्यक्ष महर्जन >>   असार ५ गते काँग्रेसका केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरु बन्द हुने
Logo
४ असार २०८२, बुधबार
४ असार २०८२, बुधबार

अमेरिकाले स्वागत गर्यो दक्षिण कोरियाको घोषणा


२३ फागुन, एजेन्सी। युद्धकालमा जापानले जबर्जस्ती श्रममा लगाएका दक्षिण कोरियाली पीडित र उनीहरूका आफन्तलाई क्षतिपूर्ति दिने दक्षिण कोरियाको घोषणालाई संयुक्त राज्य अमेरिकाले प्रशंसा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सम्झौतालाई दुई अमेरिकी सहयोगीबीचको ‘ऐतिहासिक सफलता’ को संज्ञा दिएको छ ।

सियोलको तथ्याङ्कअनुसार ३५ वर्षको अवधिमा जापानले करिब सात लाख ८० हजार कोरियालीलाई जबर्जस्ती श्रममा संलग्न गराएको थियो ।

सन् १९१० देखि १९४५ सम्म कोरियाली प्रायद्वीपमा जापानको औपनिवेशिक शासनका कारण दक्षिण कोरिया र जापानबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ ।

दक्षिण कोरियाली विदेशमन्त्री पार्क जिनले सन् १९६५ मा टोकियोसँग भएको क्षतिपूर्ति सम्झौताबाट लाभान्वित भएका प्रमुख दक्षिण कोरियाली कम्पनीहरूबाट रकम लिने र त्यसलाई पीडितलाई क्षतिपूर्ति दिन प्रयोग गर्ने सियोलको योजना रहेको बताएका छन् ।

यद्यपि, पीडितहरूले यो प्रस्तावको आलोचना गरेका छन् किनभने यो टोकियोबाट पूर्ण माफी माग्ने र यसमा संलग्न जापानी कम्पनीहरूबाट प्रत्यक्ष क्षतिपूर्तिको मागभन्दा धेरै कम छ ।

सियोलले आणविक शक्ति सम्पन्न उत्तर कोरियाको सामना गर्ने उपायको रूपमा टोकियोसँग घनिष्ठ सम्बन्ध बनाउन खोजेको छ र संयुक्त राज्य अमेरिकाले दक्षिण कोरिया र जापानसँगको त्रिपक्षीय सम्बन्धलाई इन्डो–प्यासिफिक क्षेत्रीय स्थिरताको लागि महत्वपूर्ण कदमको रूपमा वर्णन गरेको छ ।

बाइडेनले ट्वीटरमा लेखेका छन्, “हाम्रा दुई निकटतम सहयोगी जापान र गणतन्त्र कोरिया ऐतिहासिक सफलतामा पुगेका छन् ।

उनले लेखेका छन्, “हामी सबै सुरक्षित र समृद्ध भविष्यतर्फ अघि बढिरहेका बेला संयुक्त राज्य अमेरिका दुवै देशका जनताको साथमा उभिएको छ ।”

यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले वासिङ्टनले सियोल र टोकियोको साहस र दूरदृष्टिको प्रशंसा गरेको र यस महत्वपूर्ण उपलब्धिको प्रशंसामा सहभागी हुन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?