Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

असार ५ गते काँग्रेसका केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरु बन्द हुने


काठमाडौँ। नेपाली काँग्रेसका केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरु असार ५ गतेका दिन बन्द रहने भएका छन् ।

बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले असार ५ गतेका दिन केन्द्र, प्रदेश र जिल्लाका पार्टी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै महामन्त्री गगनकुमार थापाले असार ४,५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रिय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको बताए । पूर्वउद्योगमन्त्री एवं नेपाली काँग्रेसका नेता ढुण्डिराज शास्त्रीको गत सोमवार उपचारका क्रममा निधन भएको थियो । उनको निधनमा शोक मनाउँदै काँग्रेसले असार ५ गते बिहीवारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । साथै स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने, स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।

उनले भने, ‘असार ४,५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रिय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने । असार ५ गते बिहीवारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरु बन्द रहने । स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने, स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने ।’

दिवंगत शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालयमा राखिएको छ ।


प्रकाशित मिति: ४ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?