Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

असार ५ गते काँग्रेसका केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरु बन्द हुने


काठमाडौँ। नेपाली काँग्रेसका केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरु असार ५ गतेका दिन बन्द रहने भएका छन् ।

बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले असार ५ गतेका दिन केन्द्र, प्रदेश र जिल्लाका पार्टी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै महामन्त्री गगनकुमार थापाले असार ४,५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रिय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको बताए । पूर्वउद्योगमन्त्री एवं नेपाली काँग्रेसका नेता ढुण्डिराज शास्त्रीको गत सोमवार उपचारका क्रममा निधन भएको थियो । उनको निधनमा शोक मनाउँदै काँग्रेसले असार ५ गते बिहीवारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । साथै स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने, स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।

उनले भने, ‘असार ४,५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रिय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने । असार ५ गते बिहीवारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरु बन्द रहने । स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने, स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने ।’

दिवंगत शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालयमा राखिएको छ ।


प्रकाशित मिति: ४ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?