Trending
>>   एमालेको ११ औँ महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्र, प्रतिनिधिहरूको चहलपहल >>   गभर्नर पौडेललाई बर्खास्त गर्न जेन–जी युनाईटेडको माग >>   १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   सुडानस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा ड्रोन आक्रमणः ६ शान्ति सैनिकको मृत्यु >>   ‘अबको जवाफ मतबाट’ भन्दै काठमाडौंमा एमआरआरको वाकथन >>   लुम्बिनीको शान्त र मनमोहक सुन्दरता (फोटो फिचर) >>   थाइल्याण्डसँगको द्वन्द्वसँगै ३ लाख कम्बोडियालीले बासस्थान छोडे >>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

यी सपना जसले तपाईको भाग्य बदल्छ


हरेक व्यक्ति ले निदाएको बेला सपना देख्ने एक सामान्य प्रकिया हो । तर निदाएको बेला हामीले चाहेर पनि आफ्नो इच्छा अनुसार को सपना देख्न सक्दैनौ अर्थात सपना हाम्रो नियन्त्रण भन्दा बाहिर वा स्वत घटित हुने एक विशेष प्रक्रिया बाट हुन्छ ।
निदाएको बेलामा देखिने सपनाको बारेमा शुभ अशुभ विभिन्न फल हरुको बारेमा अड्कल बाजीहरु गरिदै आएका छन। अर्थात निदाएको बेलामा देखिएको सपनाको प्रकार अनुसार असल तथा खराब दुबै फल प्राप्त हुने विश्वास गरिन्छ । तथापी बैज्ञानिक प्रमाणका आधारमा यसलाई रुढिबादी समेत भन्ने गरिएपनि सपना को फल लाइ शुभ,अशुभ बास्तविक अर्थ रहने बिश्वास गरिन्छ।

सपनाको फल / कुन सपना देख्दा कस्तो फल प्राप्त हुन्छ।

– पैसा देखेमा अत्यन्त शुभ मानिने र शौभाग्य वृद्धि हुन्छ ।
– औंठी लगाएको देखेमा धन प्राप्त हुन्छ ।
– अनार खाएको देखेमा धन र सन्तानको प्राप्ति हुन्छ ।
– लाश देखेमा शुभ मानिन्छ । पैसा प्राप्त हुने विश्वास गरिन्छ ।
– आकाश देखेमा ऐश्वर्य प्राप्ति, सन्तान वृध्दि हुन्छ।
– तराजु देखियो भने विपनामा धन मिल्छ ।
– नदी देखेमा सौभाग्य वृद्धि हुन्।
– बाघमा सवार भएको देखेमा प्रतिस्पर्द्धामा विजय भइन्छ ।
– स्वस्तिक चिन्ह देखेमा भने धन लाभ हुन्छ ।
– औंठी लगाएको देखेमा धनलाभ र प्रशन्नता हुन्छ ।
– हड्डि देखेमा रोकिएको धन प्राप्त हुन सक्छ ।
– हात्तीमा सवार भएको देखेमा राज्यबाट लाभ तथा पदोन्नती हुन्छ ।
– गरिवी विपन्नता देखेमा विपनामा समृद्धी दिलाउँछ ।
– आफ्नै मृत्यु देखेमा खराव रोगबाट मुक्ति मिल्छ ।
– गाडेको धन देखेमा अचानक धन प्राप्ति हुन्छ।
–  झरना देखेमा सुख को सुरुवात हुन्छ ।
– त्रिशुल देखेमा शुत्र नास हुन्छ ।
– तारापिण्ड देखेमा उन्नति हुन्छ ।
– कलम देखेमा महान व्यक्तिसँग भेट हुन्छ ।
– सपनामा घर बनाएको देखेमा भने फाईदा हुन्छ ।
– कुवाको पानी देखेमा लाभ र बिजय हुन्छ ।
– परेवा देखेमा रोगबाट मुक्ति मिल्छ ।
– टोपी देखेमा मान सम्मान वृद्धि हुन्छ ।
– बाटो देखेमा समस्या को निराकरण हुन्छ।
– तिर देखेमा लक्ष्यमा वृद्धि हुन्छ।
– आकाशमा उडेको देखेमा लामो यात्रा हुन सक्छ।
– गर्भवती भएको देखेमा नया जिबनको सुरुवात हुनेछ।
– माछा देखेमा अचनाक धन प्राप्ती हुनेछ।
– घर बनाएको देखेमा प्रसिद्धि प्राप्त हुन्छ।
– फुल देखेमा प्रेममा मिलन हुनेछ।
– पान खाएको देखेमा सुन्दर स्त्री प्राप्त हुनेछ।
– घाम लागेको देखेमा पदोन्नति वा लाभ हुनेछ।
– दियो वत्ती बलेको देखेमा राम्रो हुनेछ।
– पुजा पाठ गरेको देखेमा समस्याको समाधान हुनेछ।
– घाँसको मैदान देखेमा धेरै धन एकत्र हुनेछ।


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?