Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा सहयोग


१२ ,मङ्सिर ,काठमाडौँ । पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले जाजरकोट भूकम्पपीडितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा नगद तथा जिन्सी सामग्री सहयोग गरेका छन् ।

पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका अध्यक्ष एवम् पदाधिकारीले हिजो साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ३० लाख बराबरको नगद तथा जिन्सी सामग्री सहयोग गरेका हुन् ।

गत कात्तिक १७ गते मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा ठूलो जनधनको क्षति भएको थियो ।

उक्त भूकम्पपीडित जनताको सहयोगका लागि नगद तथा राहत सामग्री हस्तान्तरण गरिएको टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)का अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए ।

उनका अनुसार भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा नगद रु १९ लाख र दुई सय ४० थान ब्ल्याङ्केट र स्टेचर सहयोग गरिएको छ ।

सहयोग कार्यक्रममा होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाह, नेपाल एसोसिएसन टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापा, नेपाल एसोसिएसन र्‍याफ्टिङ एजेन्सिज (नारा)का अध्यक्ष शिव अधिकारी, टिवानका महासचिव मिलन नेपाल, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?