Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा सहयोग


१२ ,मङ्सिर ,काठमाडौँ । पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले जाजरकोट भूकम्पपीडितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा नगद तथा जिन्सी सामग्री सहयोग गरेका छन् ।

पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका अध्यक्ष एवम् पदाधिकारीले हिजो साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ३० लाख बराबरको नगद तथा जिन्सी सामग्री सहयोग गरेका हुन् ।

गत कात्तिक १७ गते मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा ठूलो जनधनको क्षति भएको थियो ।

उक्त भूकम्पपीडित जनताको सहयोगका लागि नगद तथा राहत सामग्री हस्तान्तरण गरिएको टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)का अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए ।

उनका अनुसार भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा नगद रु १९ लाख र दुई सय ४० थान ब्ल्याङ्केट र स्टेचर सहयोग गरिएको छ ।

सहयोग कार्यक्रममा होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाह, नेपाल एसोसिएसन टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापा, नेपाल एसोसिएसन र्‍याफ्टिङ एजेन्सिज (नारा)का अध्यक्ष शिव अधिकारी, टिवानका महासचिव मिलन नेपाल, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?