Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

कोशी प्रदेशसभामा विनियोजन विधेयकमाथि छलफल सुरु


विराटनगर। कोशी प्रदेश प्रदेशसभामा आजदेखि ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ माथि छलफल सुरु भएको छ ।
उक्त प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले प्रस्तुत गरेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत पारित भएपछि विधेयकमाथिको छलफल सुरु भएको थियो । सो छलफलमा कोशी प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी, खिनु लङ्वा लिम्बू, नारायणबहादुर मगर, विदुरकुमार लिंथेप, सिर्जना राई, कमला दर्नाल, रमेशकुमार बस्नेत, तिलचन पाठक, छविलाल चूँडाल, पाँचकर्ण राई, गीतादेवी रेग्मी, राधाकृष्ण खनाल र जयप्रकाश चौधरीले धारणा  राखेका थिए ।
सो बैठकमा कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम ९४(१)(ख) बमोजिम ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ संशोधनसहित दफाबार छलफलका लागि सुशासन तथा योजना समितिमा पठाइएको सभाध्यक्ष हाजी इसराइल मन्सुरीले जानकारी दिए ।

प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?