Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

बैतडीका दुई स्थानीय तहमा आज र भोलि सार्वजनिक बिदा


काठमाडौं। बैतडीका दुई स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । जिल्लाको दशरथ चन्द नगरपालिका र मेलौली नगरपालिकाले मेलाको अवसरमा बिदा दिएका हुन् । मेलौली नगरपालिकाले मेलौली भगवती मन्दिरमा लाग्ने ‘देहीजात’को अवसरमा आज र भोलि बिदा दिएको छ । उक्त नगरपालिकाले जात्राको अवसरमा नगरपालिका भित्रका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था लगायतमा बिदा रहेको जनाएको छ ।

त्यस्तै, मेलौली भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् भने जिल्लाको प्रसिद्ध जगन्नाथ धाममा लाग्ने जात्राको अवसरमा दशरथचन्द नगरपालिकाले आज बिदा दिएको छ । त्यसैगरी जगन्नाथ धाममा हरेक बर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ भने जगन्नाथ धामको जात्रामा बैतडीका मात्रै नभएर अन्य ठाउँका दर्शनार्थीहरु समेत आउने गरेका छन् ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?