Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

प्रधानमन्त्री दाहालद्वारा नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण


२२ फागुन, काठमाडाैँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार निधन हुनुभएका नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर प्रधानमन्त्री दाहालले नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

शनिबार काठमाडौँको शङ्खमूलस्थित एक रेष्टुरेन्टबाट खसेर नेता उपाध्यायको निधन भएको थियो । उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका भाइ हुन् । प्रधानमन्त्री दाहालले अध्यक्ष नेपाल र उनको परिवारजनमा समवेदना व्यक्त गरेका थिए । दिवङ्गत नेता उपाध्यायको अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर पार्टी कार्यालयमा राखिएको थियो । एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताले पनि दिवङ्गत नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।


प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?