Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
७ चैत्र २०८२, शनिबार
७ चैत्र २०८२, शनिबार

प्रधानमन्त्री दाहालद्वारा नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण


२२ फागुन, काठमाडाैँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार निधन हुनुभएका नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर प्रधानमन्त्री दाहालले नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

शनिबार काठमाडौँको शङ्खमूलस्थित एक रेष्टुरेन्टबाट खसेर नेता उपाध्यायको निधन भएको थियो । उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका भाइ हुन् । प्रधानमन्त्री दाहालले अध्यक्ष नेपाल र उनको परिवारजनमा समवेदना व्यक्त गरेका थिए । दिवङ्गत नेता उपाध्यायको अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर पार्टी कार्यालयमा राखिएको थियो । एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताले पनि दिवङ्गत नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।


प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?