Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

महाँकालमा गणेशमान सिंहको सालिक अनावरण


काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित महाँकालमा विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिक अनावरण गरिएको छ । गणेशमान सिंह वाटिका तथा सालिक निर्माण समितिले आयोजना गरेको कार्यक्रममा काठमाडौँ निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद सन्तोष चालिसेले सालिक अनावरण गर्नुभएको हो ।

उहाँले नेपाली राजनीतिमा त्यागको पर्यायका रुपमा स्थापित गणेशमानबाट वर्तमान राजनीतिज्ञले पाठ सिक्नुपर्नेमा जोड दिनुभयो । वडा नं ६ का वडाध्यक्ष भुवन लामा, वाटिका तथा सालिक निर्माण समितिका अध्यक्ष दिवाकर न्यौपानेलगायतले राजधानीका विभिन्न स्थानमा रहेका खाली जग्गामा ऐतिहासिक भूमिका निर्वाह गरेका व्यक्तित्वको सालिकसँगै बगैँचा निर्माणले विपद्का बेलामा स्थान अभावले समस्या नहुनेमा जोड दिनुभयो ।


प्रकाशित मिति: १७ पुष २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?