Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

महाँकालमा गणेशमान सिंहको सालिक अनावरण


काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित महाँकालमा विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिक अनावरण गरिएको छ । गणेशमान सिंह वाटिका तथा सालिक निर्माण समितिले आयोजना गरेको कार्यक्रममा काठमाडौँ निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद सन्तोष चालिसेले सालिक अनावरण गर्नुभएको हो ।

उहाँले नेपाली राजनीतिमा त्यागको पर्यायका रुपमा स्थापित गणेशमानबाट वर्तमान राजनीतिज्ञले पाठ सिक्नुपर्नेमा जोड दिनुभयो । वडा नं ६ का वडाध्यक्ष भुवन लामा, वाटिका तथा सालिक निर्माण समितिका अध्यक्ष दिवाकर न्यौपानेलगायतले राजधानीका विभिन्न स्थानमा रहेका खाली जग्गामा ऐतिहासिक भूमिका निर्वाह गरेका व्यक्तित्वको सालिकसँगै बगैँचा निर्माणले विपद्का बेलामा स्थान अभावले समस्या नहुनेमा जोड दिनुभयो ।


प्रकाशित मिति: १७ पुष २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?