Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

फेब्रुअरीमा घट्यो दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चिति


२२ फागुन, एजेन्सी। दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितिमा फेब्रुअरीमा चार महिनायता पहिलो पटक गिरावट आएको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ ।

बैङ्क अफ कोरियाका अनुसार फेब्रुअरीको अन्त्यमा विदेशी मुद्रा सञ्चिति ४२५.२९ अर्ब अमेरिकी डलर रहेको छ जुन अघिल्लो महिनाको तुलनामा ४.६८ अर्ब डलरले कम हो ।

यो सँगै बलियो डलरले गैर-डलर सम्पत्तिहरूको रूपान्तरण मूल्य घटाएको छ।

देशको विदेशी सञ्चितिमा ३७४ अर्ब ४९ करोड डलर धितोपत्र, २६ अर्ब ७५ करोड निक्षेप, १४ अर्ब ८० करोड डलर विशेष निकासी अधिकार, ४ अर्ब ७९ करोड डलर सुन र ४ अर्ब ४४ करोड डलर आईएमएफ (अन्तरराष्ट्रिय मुद्रा कोष) रहेको छ ।

जनवरीको अन्त्यमा दक्षिण कोरिया विश्वको नवौं ठूलो विदेशी मुद्राको भण्डार भएको थियो।


प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?