Trending
>>   निर्वाचनको सरगर्मीः सुनसान सिंहदरबार >>   इतिहासदेखि वर्तमानसम्म मगर समुदायको भूमिका अविस्मरणीय : बालेन शाह >>   होलीका नाममा अराजक गतिविधि निषेध, उल्लंघन गरे कारबाही >>   रुकुम पश्चिमलाई देशकै नमूना बनाउने जनार्दन शर्माको उद्घोष >>   उम्मेदवारका एकाघरका परिवारको बैंक खातामा आयोगको निगरानी >>   उद्योग तथा बजार अनुगमन नियमित हुन्छः महानिर्देशक जोशी >>   खाद्य आयात–निर्यात तथा गुणस्तर नियमनमा कडाई >>   नेपालमा आएर निर्माण क्षेत्र देखी हस्पिटलसम्म काम गर्ने विदेशीको संख्या प्रत्येक वर्ष बढ्दै >>   आयोगको निमन्त्रणामा १५ जना विदेशी पाहुना निर्वाचन पर्यवेक्षण गर्न आउँदै >>   प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन
Logo
१५ फाल्गुन २०८२, शुक्रबार
१५ फाल्गुन २०८२, शुक्रबार

माओवादी महासचिव भन्छन् : दुर्गा प्रसाईं समूहको प्रदर्शन अदृश्य शक्तिको ट्रायल


काठमाडौं। माओवादी केन्द्रका महासचिव देव गुरूङले दुर्गा प्रसाईंको अगुवाईमा राजधानी केन्द्रित प्रदर्शन अदृश्य शक्तिको ट्रायल भएको दाबी गरेका छन् । ‘यो (प्रसाईं समूहको प्रदर्शन) फासफुस भइहाल्छ । आन्दोलनकारीहरु केही गर्नलाई आएको होइन, तत्काल केही हुनलाई भएको आन्दोलन होइन’ माओवादी महासचिव देव गुरुङ भन्छन्, ‘बरु यो अर्कै शक्तिले एउटा पात्रमार्फत गराएको ट्रायल हो । एउटा हाउगुजी क्रियट गर्ने प्रयास हो ।’ त्यस्तै, ‘एकले अर्कोको विरुद्ध प्रर्दशन गर्ने, एकै ठाउँमा प्रदर्शनका लागि पहल गर्ने प्रयास भयो । यो द्वन्द्व निम्त्याउने र त्यसमा खेल्ने प्रयास हो’ महासचिव गुरुङ भन्छन्, ‘राजधानीमा भएको प्रदर्शन प्रायोजित प्रदर्शन हो ।’ बिहीबार नेकपा एमालेको युवा संघ र विद्यार्थीहरुले राजधानीमा प्रदर्शन गरेका थिए । सरकारले सुरक्षा सर्तकर्ता अपनाएका कारण बिहीबारको प्रदर्शनमा आयोजकले चाहे जस्तो द्वन्द्व फैलाउने नपाएको उनको भनाइ रहेको छ । त्यस्तै, विकासउन्मुख देशमा अशान्ति र द्वन्द्व मच्चाएर एकाधिकार काम गर्ने शक्तिले नेपालमा पनि भूमिका खेलिरहेको उनको टिप्पणीब रहेको छ ।

महासचिव गुरूङ भन्छन्, ‘एउटा पक्ष जहिले पनि तेस्रो विश्वमा अस्थिरता भइरहोस्, द्वन्द्व भइरहोस भन्ने चाहन्छ र त्यस खालका व्यवहारमा मलजल गर्छ । नेपालमा अहिले देखिएको दृश्य पनि त्यसकै बिम्ब हो ।’ नेपालमा राजतन्त्र फर्किन्छ भनेर कल्पना पनि गर्न नसकिने उनको दाबी छ । उनी प्रश्न गर्छन्, ‘कुनै वंशको दास हुन हृदयले कोही चाहन्छ होला त ?’ तर यस्तो नाराको पछाडि मानिसहरू किन लागे भनेर सरकारले मनन गर्नुपर्ने माओवादी महासचिव गुरुङ बताउँछन् ।

 


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?