Trending
>>   बालाचतुर्दशीको पूर्वसन्ध्यामा दीप प्रज्वलन गर्दै भक्तजन >>   बुद्धका आचरण र दर्शनलाई आत्मसाथ गरेर समाजमा प्रश्तुत हुन प्रधानमन्त्रीको आग्रह >>   रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा तीन पक्राउ >>   थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु, दश घाइते >>   भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य >>   कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्णः कृषिमन्त्री अधिकारी >>   सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन सकेको छैनः अध्यक्ष दाहाल >>   मलेसियाको पीपीआई अक्टोबरमा २.४ प्रतिशतले घट्यो >>   इजिप्ट र जोर्डनबीच क्षेत्रीय विकासबारे छलफल >>   सन् २०३० सम्म ३८ करोड ५० लाख खोपको डोज उत्पादन गर्ने इजिप्टको लक्ष्य
Logo
१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

मुगुमा नगरबस सञ्चालनबाट स्थानीय हर्षित


मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले नगरभित्रका नागरिकलाई यातायात सेवामा सहजता दिन दुई वटा नगर बस सञ्चालनमा ल्याएको छ । बिहीबारबाट छायाँनाथ रारा नगरपालिकाले आफ्नो नगर क्षेत्र सदरमुकाम गमगढीबाट छाँयानाथ रारा नगरपालिका–१४ बामा गाउँसम्म २२ किलोमिटर दूरीको रुटमा दुई बस सञ्चालनमा ल्याएर सो सेवाको सुरुवात गरेको हो । त्यस्तै, नगरपालिका भित्रका ३४ रुट मध्ये पहिलो चरणमा सदरमुकाम गमगढीबाट आठ वटा रुटमा नगर बसले सेवा दिने नगरपालिकाले जनाएको छ भने नगरबस सेवा सञ्चालन गर्न पालिकाले ८४ लाख रुपैयाँमा दुई वटा बस खरिद गरेको छ । छाँयानाथ रारा नगरपालिकाको १४ वडाका ८७ बस्ती मध्ये दुई बस्तीमा सडक पुगेको छैन । अन्यमा सडक पुगे पनि स्थानीयले निकै महँगो भाडादरमा यात्रा गर्न बाध्य बनेका थिए । नगर बस सञ्चालनमा ल्याएसँगै चर्को भाडादरको सास्तीबाट केही राहत पुग्ने स्थानीयले बताए । यसअछि जिपहरूले गमगढी देखी बाम गाउँ सम्मको एकतर्फी भाडा नै प्रतिव्यक्ति ६ सय रुपैयाँ लिने गरेको स्थानीयले बताए । नगर बसले भाडादर आधा गरेको छ भने अब स्थानीयले गमगढी देखी बाम गाउँ सम्मको एकतर्फी यात्रा गर्दा ३०० रुपैयाँ मात्र तिर्नुपर्ने तथा अपाङ्ग भएकाहरूले कार्यविधि अनुसार छुट पाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले जानकारी दिए । उनले भने, ‘पालिकाले आफ्नो सेवा मार्फत प्रति व्यक्ति ३ सय र अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकहरूलाई नगरबस सञ्चालन कार्यविधि अनुसार भाडामा छुट दिने व्यवस्था गरेको छ । यसले स्थानीयले खेप्दै आएको यातायात सास्ती कम हुने ठानेका छौं ।’ त्यसैगरी नगरबस सञ्चालनमा आएसँगै छाँयानाथ रारा नगरपालिका १३ र १४ वडाका सर्वसाधारण हर्षित भएका छन् भने आफ्नो गाउँबाट सदरमुकाम जान आउजाउको १ हजार २ सय भाडा तिर्दै आएका थिए । नगरबस सञ्चालनमा आएपछि दुई तर्फी यात्रा ६ सयमा गर्न पाउँदा दङ्ग छन् छायाँनाथ –१४ का स्थानीय तिलक बुढा । उनले भने, ‘पहिला १ हजार २ भाडा तिर्नुपर्थ्यो,अब ६ सयमा सदरमुकाम आउजाउ गर्न पाइने भयो । यतिमात्रै होइन गाउँमा उत्पादित स्याउ ,तरकारी बेचेर केही आम्दानी भएको रकम बचाएर घर ल्याउन सकिने भयो ।’ अझै नगरपालिकाले भाडामा केही सहुलियतगरे सबैभन्दा बढी स्थानीय महिलालाई राहत हुने धारणा छाँयानाथ –१३ की सरस्वती रावतले राखिन् ।

त्यस्तै, नगरबस सचालनमा आएसँगै मुगु र छिमेकी जिल्ला हुम्ला जिल्लाका स्थानीय समेत लाभान्वित हुने संघीय सांसद ऐन बहादुर शाहीले बताए । ‘यो सडक खण्ड सदरमुकाम गमगढी र छिमेकी जिल्ला हुम्ला जोड्ने सडक हो । नगरबस सञ्चालनले मुगुका सर्वसाधारण मात्र नभई हुम्ला जिल्लाका स्थानीयले समेत सेवा पाउने भएका छन् भने छाँयानाथ रारा नगरपालिका स्थानीयलाई नगर यातायात सेवा दिने जिल्लाकै पहिलो स्थानीय तह बनेको छ’ सांसद शाहीले भने । नगर प्रमुख विष्णु कुमार भामले आफ्नो चुनावी नारामा नगर बासीलाई सहज यातायात पहुँचका लागि पहल गर्ने प्रतिबद्धता अनुसार काम गरेको बताए भने पाँच बर्से कार्यकालमा चार वटा नगरबस खरिद गर्ने प्रतिबद्धता अनुसार पहिलो चरणमा दुई वटा बस सञ्चालनमा ल्याएको र अझै २ वटा थप गर्ने उनले जानकारी दिए ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?