Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

ग्लोबल आइएमई बन्यो सबैभन्दा धेरै कर तिर्ने बैंक


काठमाडौं। बैंक तथा वित्तीय संस्थामध्ये ग्लोबल आइएमई बैंक लिमिटेडले सबैभन्दा धेरै आयकर दाखिला गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा रु तीन अर्ब २० करोड कर दाखिला गरेको थियो । आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० का अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदरस्वरुप सम्मानपत्र प्रदान गरे । त्यसैगरी हाल बैंकको चुक्ता पुँजी रु ३५ अर्ब ७७ करोड छ भने सन् २००७ मा वाणिज्य बैंकका रुपमा बैंकिङ कारोबार सुरुआत गरेको ग्लोबल आइएमई बैंकले आफ्नो बैंकिङ यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ती गरी सवल र उत्तरदायी बैंकका रुपमा स्थापित भएको छ । व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य सन् २०२५ अनुशरण गरी कार्यसम्पादन गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले प्रविधिमैत्री बैंकिङ सेवा तथा सुविधाको पहुँच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले तीन सय ५० शाखा, तीन सय ६९ एटिएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४२ लाखभन्दा बढी ग्राहकमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी आव २०७८/७९ मा सबैभन्दा बढी आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी छ भने निर्यात कारोबार क्षेत्रमा डाबर नेपाल, विशेष उद्योगमा एसियन पेन्ट्स, कृषि तथा पशुजन्य उद्योगमा ओबिसी फुड्स एण्ड फ्रिड कम्पनी, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त वित्तीय संस्था र बैंक तथा वित्तीय क्षेत्रतर्फ ग्लोबल आइएमई बैंक सम्मानित भएका छन् भने बीमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, स्वास्थ्य शिक्षा प्रदायक संस्थातर्फ नोबेल मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ मनकामना दर्शन प्रालि, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, रु ५० करोडदेखि एक अर्ब कर तिर्ने मध्यमस्तरीय करदातातर्फ नेपाल स्टक एक्स्चेन्ज र ऊर्जा मुलुक उद्योगतर्फ भोटेकोसी जलविद्युत् कम्पनी सम्मानित भएका छन् । विप्रेषण व्यवसायतर्फ आइएमई लिमिटेड, व्यक्तिगत आयतर्फ विजयकुमार साह तथा संस्थागततर्फ सबैभन्दान बढी आयकर, मूल्यअभिवृद्धि, अन्तःशुल्क तिर्ने र पाँच वर्षको मूल्यअभिवृद्धि कर समयम दाखिला गर्ने विधामा सूर्य नेपाल प्रालि पनि सम्मानित भएका छन् ।

 


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?