Trending
>>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

नबिल बैंकले घोषणा गर्‍यो नगद लाभांश


काठमाडौं। नबिल बैंकले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । बिहीबार बिहान साढे ९ बजे केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ११ प्रतिशत अर्थात् प्रतिकित्ता ११ रुपैयाँ लाभांश दिने निर्णय गरेको हो । उक्त बैंकले यसपटक सेयर बोनस नदिने भएको छ भने नबिलको यो लाभांश हालसम्मकै कम हो । यसअघि गत आर्थिक वर्ष बैंकले ११.५० नगद र १८.५० सेयर बोनससहित ३० प्रतिशत लाभांश प्रदान गरेको थियो । त्यस्तै, पछिल्लो समय बैंकको सम्पत्तिमा प्रतिफल (रिटर्न अन इक्विटी) घट्दै गएको देखिन्छ । नबिलले साविकको नेपाल बंगलादेश बैंकलाई गाभेपश्चात बढेको चुक्ता पूँजी र निक्षेपअनुसार आम्दानी तथा नाफा बढ्न नसक्दा लाभांश क्षमता घटेको छ भने आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासमा १३.३८ प्रतिशत यस्तो प्रतिफल रहेकोमा यो वर्षको पहिलो त्रैमासमा १०.०३ प्रतिशतमा झरेको छ ।


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?