Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार

नबिल बैंकले घोषणा गर्‍यो नगद लाभांश


काठमाडौं। नबिल बैंकले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । बिहीबार बिहान साढे ९ बजे केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ११ प्रतिशत अर्थात् प्रतिकित्ता ११ रुपैयाँ लाभांश दिने निर्णय गरेको हो । उक्त बैंकले यसपटक सेयर बोनस नदिने भएको छ भने नबिलको यो लाभांश हालसम्मकै कम हो । यसअघि गत आर्थिक वर्ष बैंकले ११.५० नगद र १८.५० सेयर बोनससहित ३० प्रतिशत लाभांश प्रदान गरेको थियो । त्यस्तै, पछिल्लो समय बैंकको सम्पत्तिमा प्रतिफल (रिटर्न अन इक्विटी) घट्दै गएको देखिन्छ । नबिलले साविकको नेपाल बंगलादेश बैंकलाई गाभेपश्चात बढेको चुक्ता पूँजी र निक्षेपअनुसार आम्दानी तथा नाफा बढ्न नसक्दा लाभांश क्षमता घटेको छ भने आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासमा १३.३८ प्रतिशत यस्तो प्रतिफल रहेकोमा यो वर्षको पहिलो त्रैमासमा १०.०३ प्रतिशतमा झरेको छ ।


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?