Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

दुर्गा प्रसाईंको प्रदर्शनमा काठमाडौंका आज यी ७ स्थानबाट जुलुस निकालिँदै, यस्तो छ रुट


काठमाडौं। मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौंमा वृहत् प्रदर्शन हुने भएको छ । मेडिकल व्यवसायी प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले बिहीबार काठमाडौं केन्द्रित प्रदर्शन गर्दै छ भने अभियानले काठमाडौंका सात स्थानबाट जुलुस निकालेर विरोध प्रदर्शन गर्न लागेको हो । त्यस्तै, अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यका अनुसार परीक्षा नियन्त्रण कार्यालय अगाडिको खुल्ला चौर, गोंगबु चोक, स्वयम्भू, कलङ्की चोक, जावलाखेल, सातदोबाटो, त्रिभुवन विश्वविद्यालय प्रवेश द्वार अगाडि र चाबहिल चोकमा भेला हुने स्थान तय गरिएको छ भने त्यहाँबाट जुलुस काठमाडौंको बल्खुमा तोकिएको प्रदर्शन स्थानमा भेला हुनेछ । सो जुलुसमा धार्मिक र राष्ट्रिय झण्डा बाहेक अन्य झण्डा बोक्न नपाइने अभियानका सहप्रवक्ता माण्डव्यले जनाएका छन् भने जुलुसको अग्र स्थानमा धर्मगुरु, ओमकार परिवार र नाथलगायतलाई राखिने जनाइएको छ ।


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?