Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

दुर्गा प्रसाईंको प्रदर्शनमा काठमाडौंका आज यी ७ स्थानबाट जुलुस निकालिँदै, यस्तो छ रुट


काठमाडौं। मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौंमा वृहत् प्रदर्शन हुने भएको छ । मेडिकल व्यवसायी प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले बिहीबार काठमाडौं केन्द्रित प्रदर्शन गर्दै छ भने अभियानले काठमाडौंका सात स्थानबाट जुलुस निकालेर विरोध प्रदर्शन गर्न लागेको हो । त्यस्तै, अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यका अनुसार परीक्षा नियन्त्रण कार्यालय अगाडिको खुल्ला चौर, गोंगबु चोक, स्वयम्भू, कलङ्की चोक, जावलाखेल, सातदोबाटो, त्रिभुवन विश्वविद्यालय प्रवेश द्वार अगाडि र चाबहिल चोकमा भेला हुने स्थान तय गरिएको छ भने त्यहाँबाट जुलुस काठमाडौंको बल्खुमा तोकिएको प्रदर्शन स्थानमा भेला हुनेछ । सो जुलुसमा धार्मिक र राष्ट्रिय झण्डा बाहेक अन्य झण्डा बोक्न नपाइने अभियानका सहप्रवक्ता माण्डव्यले जनाएका छन् भने जुलुसको अग्र स्थानमा धर्मगुरु, ओमकार परिवार र नाथलगायतलाई राखिने जनाइएको छ ।


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?