Trending
>>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

प्राङ्गारिक मल उत्पादन गर्दै स्थानीय तह


काभ्रेपलाञ्चोक। लामो समयदेखि रासायनिक मलको अभाव भोग्दै आएका स्थानीय किसानका लागि स्थानीय तहले व्यावसायिक रुपमा प्राङ्गारिक (कम्पोस्ट) मल उत्पादन थालेका छन् । हाल काभ्रेपलाञ्चोकका पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले कम्पोष्ट मल उत्पादन थालेका हुन् । भुम्लुले मङ्गलबारदेखि उत्पादित मल नमुनाका रुपमा किसानलाई उपलब्ध गराउन थालिएको पालिका कार्यालयले जनाएको छ । ‘बायो–चार’ नामक उक्त जैविक प्राङ्गारिक मल उत्पादनका लागि प्रशिक्षणमार्फत अभियानका रुपमा सबै वडामा पुर्‍याइने गाउँपालिका अध्यक्ष प्रेम भुजेलले बताए । “किसनालाई आफैँं मल उत्पादन गर्ने तालिम दिई मेसिनसमेत उपलब्ध गराउने योजना बनाएका छौँ”, उनले भने, “यसले रासायनिक मल अभाव टार्दै बिग्रेको माटोलाई सुधार्न मद्दत गर्ने अपेक्षा गरेका छौँ ।” उनका अनुसार किसानद्वारा उत्पादित मलको प्रयोगशाला परीक्षण स्थानीयस्तरमै गर्ने तथा लेबलिङ गरी गाउँपालिकाले खरिद गरी बिक्रीवितरण गर्ने छ । दाउराको कोइला तथा बाख्राको बड्कौंला मिश्रित कच्चपदार्थमार्फत बनाइएको मल दुई हप्तापछि प्रयोग गर्न मिल्ने जनाइएको छ । उनका अनुसार गाउँपालिकाले पहिलो चरणमा पत्येक वडाबाट दुई किसानलाई तालिम दिने र ती प्रशिक्षित किसनाले वडास्तरका अन्य किसानलाई तालिम दिने छन् । त्यस्तै, पाँचखाल नगरले गत कात्तिक तेस्रो सातादेखि जापानीज प्रविधिबाट प्राङ्गारिक मल उत्पादन थालेको थियो भने पाँचखाल–४ स्थित जिरोकिलोमा स्थापित प्राङ्गारिक मल केन्द्र स्थापना गरी नगरमा निस्कने कुहिने फोहर सङ्कलन गर्नुका साथै गोबर सुली, पातपतिङ्गरको प्रयोगबाट जापानीज प्रविधिद्वारा प्राङ्गारिक मल उत्पादन सुरु गरिएको पालिका कार्यालयले जनाउको छ । केन्द्रले नेपाल सरकारको मापदण्डअनुसार जापानीज प्रविधि (सिएनबीएम) मा मल उत्पादन गर्न थालेको नगर प्रमुख महेश खरेलले बताए ।

त्यसैगरी सिएनबीएम प्रविधिमा कार्बन, नाइट्रोजन, मिनरल्स् र ब्याक्टेरियाको समिष्रणबाट प्राङ्गारिक मल उत्पादन हुने रिकिशी कम्पोस्ट प्रालिको प्रबन्ध निर्देशक उषा गिरीले बताए । “ती मिष्रणबाट बनेको मलले माटोलाई खुकुलो बनाउनुका साथै बिरुवाका लागि आवश्यक सबैखाले पोषकतत्व पुग्दछ”, उनले भने, “मागअनुसार पर्याप्त मल उत्पादन गर्न सक्छौँ । यसका लागि किसानलाई जानकारी दिलाउनु आवश्यक छ ।” प्राङ्गारिक मल उत्पादनका लागि नगरमार्फत कुहिने फोहर तथा जङ्गलका पातपतिङ्गर व्यवस्थापनमा सहयोग गरे केन्द्रले किसनालाई मल कसरी वितरण गर्नेबारे थप छलफल गर्ने जनाएको छ । गिरीका अनुसार जापानीस्थित ग्रिन यामाकाजी कम्पोस्ट प्रालिको सिएनबीएम प्रविधिमा पाँचखालमा प्राङ्गारिक मल उत्पादन थालिएको हो । केन्द्रले स्थानीय किसानलाई उक्त मलबारे शिक्षा, तालिम र चेतना तथा प्राविधिक र परामर्श सेवा प्रदान गरिने जनाएको छ । त्यस्तै, रासायनिक मलको अभावमा पर्याप्त कृषि उपज उत्पादन गर्न कठिनाई भएको समयमा केन्द्रको स्थापनाले किसानलाई निकै राहत पुग्ने नगर प्रमुख खरेलले बताए । उनले भने “नगरले फाहर सङ्कलन तथा अन्य आवश्यक समन्वय र सहयोग सुरु गरेको छ ।”


प्रकाशित मिति: ६ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?