Trending
>>   थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु, दश घाइते >>   भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य >>   कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्णः कृषिमन्त्री अधिकारी >>   सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन सकेको छैनः अध्यक्ष दाहाल >>   मलेसियाको पीपीआई अक्टोबरमा २.४ प्रतिशतले घट्यो >>   इजिप्ट र जोर्डनबीच क्षेत्रीय विकासबारे छलफल >>   सन् २०३० सम्म ३८ करोड ५० लाख खोपको डोज उत्पादन गर्ने इजिप्टको लक्ष्य >>   चार एसपी एसएसपीमा बढुवा >>   मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे कारबाही >>   आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली,हिमाली भेगमा हिमपातको सम्भावना
Logo
१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

स्थानीयले रोके कालोपत्रेको काम


सडक कालोपत्रे गुणस्तरीय नभएको भन्दै स्थानीयले काम रोकेका छन् । गुल्मीको सदरमुकाम तम्घासबाट रेसुङ्गा जाने सडक कालोपत्रे गर्ने क्रममा कम गुणस्तरको भएको दाबी गर्दै स्थानीयले काम रोकेका हुन् । तम्घास–रेसुङ्गा सडकमा दुवैतर्फबाट आवतजावत पूर्णरुपमा बन्द गरी निर्माण व्यवसायीले कालोपत्रे गरिरहेका थिए । तर स्थानीयले भने सम्झौता अनुसार काम नगरेको भन्दै रोक लगाइएको स्थानीय प्रकाश भलामीले बताउनुभयो । “मापदण्डअनुसार काम भएको छैन”, उहाँले भन्नुभयो, “कालोपत्रे उप्किएर गिट्टी माटो देखिन्छ ।”

उहाँले आफूहरु निर्माणस्थलमै पुगेर काम रोकेको र गुणस्तरीय काम गर्ने सम्झौता भएपछि मात्रै काम सुरु गर्न दिने उहाँले बताउनुभयो । स्थानीय नीरज मरासिनीले व्यवसायीले दुवैतर्फको आवतजावत ठप्प गरी काम गर्नु स्वार्थपूर्ण भएको दाबी गर्नुभयो । “एकतर्फी खुल्ला राख्दै पालैपालो सडक निर्माण गर्नुपर्ने हो तर कमसल सडक निर्माण गर्ने नियतले दुवैतर्फ सडक बन्द गरेको देखिन्छ”, उहाँले भन्नुभयो, “सम्झौताअनुसार गुणस्तरीय काम हुने सुनिश्चित भएपछि मात्रै काम सुरु हुन्छ ।” तम्घास–रेसुङ्गा नामाकरण भई विसं २०७४ असार ३० गते सडक पूर्वाधार विकास कार्यालय गुल्मी र आशीष शेर्पा रामेछाप जेभीअन्तर्गत रामेछाप शेर्पा कन्ट्रक्सन प्रालिबीच निर्माणको सम्झौता भएको थियो । सडक पूर्वाधार विकास कार्यालय तम्घासका प्रमुख इन्जिनियर सचितानन्द चौधरीका अनुसार आयोजनाको अवधि पछिल्लो पटक म्याद थप गरी आगामी जेठमा पु¥याइएको छ भने यसका लागि कूल रु १७ करोड १८ लाखमा सम्झौता भएको छ ।

कालोपत्रे गुणस्तरीय भए वा नभएको विषयमा आफूहरुले अनुगमन गर्ने उहाँको भनाइ छ । “विवादले काम रोकिएका कारण अब सर्वपक्षीय छलफल हुन्छ”, उहाँले भन्नुभयो, “सम्झौताअनुसारको काम हुन्छ, लामो समयसम्म काम रोकिन्न ।” निर्माण व्यवसायी बीरेन्द्र भुसालले भने आफूहरुले सम्झौता अनुसार नै काम गरिरहेको दाबी गर्नुभयो । उहाँले ८० प्रतिशत काम सकिएको भन्दै रु १३ करोड ५२ लाख भुक्तानी लिई सक्नुभएको बताउनुभयो ।


प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?