Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

चैतभित्र सबै योजना सक्ने गरी सम्झौता


बागलुङको बडिगाड गाउँपालिकाले चालु आर्थिक वर्षको चैत महिनाभित्र सक्ने गरी ९९ दशमलव ९ प्रतिशत आयोजना सम्झौता गरेको छ । गाउँपालिकाले चालु आवका लागि छुट्याइएका कुल तीन सय ३२ योजनामध्ये तीन सय २७ वटा योजना सम्झौता गरी काम सुरु गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले चैत मसान्तभित्र सबै योजना पूरा गर्ने गरी असोजदेखि नै आयोजना सम्झौता गरेको बताउनुभयो । उहाँका अनुसार हालसम्म एक सय पाँच वटा योजना सम्पन्न भइ फरफारक पनि भइसकेका छन् ।

गाउँपालिकाले यस वर्ष सबैभन्दा बढी लगानी सडक निर्माणमा गरेको छ । अहिलेसम्म सडकले नजोडिएका गाउँमा सडक पु¥याउनेदेखि शैक्षिक क्षेत्रको सुधारमा जोड दिएको उहाँको भनाइ छ । “यस वर्ष समयमै योजना सम्झौता सुरु गरेकाले समयमै काम सुरु गर्न सक्यौ”, उहाँले भन्नुभयो, “साना ठूला सबै योजना अहिले निर्माणका चरणमा छन्, केही योजना सम्पन्न भइसकेका छन् ।” उहाँले अबको एक डेढ महिनामा सबै योजना सक्ने गरी काम भइरहेको बताउनुभयो । चालु आर्थिक वर्षका लागि बडिगाड गाउँपालिकाले रू ७७ करोड बजेट बिनियोजन गरेको छ । साना तथा पालिकाका गौरवका आयोजना यस वर्ष समेटिएको भण्डारीको भनाइ छ । गाउँपालिकाले यस वर्ष सबैभन्दा बढी बजेट पुरानोगाउँ–फोर्सा सडक वडा नम्बर ८ मा रू ४० लाख र किटेनीदेखि वडा नम्बर ३ जोड्ने सडकमा रू ४५ लाख बिनियोजन गरेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले नागरिकका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर योजना बनाएको बताउनुभयो । यस वर्ष शिक्षा, स्वास्थ्य, खानेपानी र मोटरबाटोलाई प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

चालु आवको हालसम्म मोटरबाटो नपुगेको वडा नम्बर ८ को फोर्सा गाउँमा सडक पु¥याउने गरी काम अघि बढेको उहाँले बताउनुभयो । “नागरिकका पनि कैयन समस्या छन्, ती समस्यालाई क्रमशः समाधान गर्दै जानेछौँ, अहिलेसम्म केही गाउँ बस्तीहरु सडक सञ्जालले जोडिएका छैनन्”, अध्यक्ष अधिकारीले भन्नुभयो । उहाँका अनुसार हालसम्म चालु खर्चतर्फ ४० प्रतिशत र पुँजीगततर्फ २५ प्रतिशत खर्च भइसकेको छ ।


प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?