Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

चैतभित्र सबै योजना सक्ने गरी सम्झौता


बागलुङको बडिगाड गाउँपालिकाले चालु आर्थिक वर्षको चैत महिनाभित्र सक्ने गरी ९९ दशमलव ९ प्रतिशत आयोजना सम्झौता गरेको छ । गाउँपालिकाले चालु आवका लागि छुट्याइएका कुल तीन सय ३२ योजनामध्ये तीन सय २७ वटा योजना सम्झौता गरी काम सुरु गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले चैत मसान्तभित्र सबै योजना पूरा गर्ने गरी असोजदेखि नै आयोजना सम्झौता गरेको बताउनुभयो । उहाँका अनुसार हालसम्म एक सय पाँच वटा योजना सम्पन्न भइ फरफारक पनि भइसकेका छन् ।

गाउँपालिकाले यस वर्ष सबैभन्दा बढी लगानी सडक निर्माणमा गरेको छ । अहिलेसम्म सडकले नजोडिएका गाउँमा सडक पु¥याउनेदेखि शैक्षिक क्षेत्रको सुधारमा जोड दिएको उहाँको भनाइ छ । “यस वर्ष समयमै योजना सम्झौता सुरु गरेकाले समयमै काम सुरु गर्न सक्यौ”, उहाँले भन्नुभयो, “साना ठूला सबै योजना अहिले निर्माणका चरणमा छन्, केही योजना सम्पन्न भइसकेका छन् ।” उहाँले अबको एक डेढ महिनामा सबै योजना सक्ने गरी काम भइरहेको बताउनुभयो । चालु आर्थिक वर्षका लागि बडिगाड गाउँपालिकाले रू ७७ करोड बजेट बिनियोजन गरेको छ । साना तथा पालिकाका गौरवका आयोजना यस वर्ष समेटिएको भण्डारीको भनाइ छ । गाउँपालिकाले यस वर्ष सबैभन्दा बढी बजेट पुरानोगाउँ–फोर्सा सडक वडा नम्बर ८ मा रू ४० लाख र किटेनीदेखि वडा नम्बर ३ जोड्ने सडकमा रू ४५ लाख बिनियोजन गरेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले नागरिकका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर योजना बनाएको बताउनुभयो । यस वर्ष शिक्षा, स्वास्थ्य, खानेपानी र मोटरबाटोलाई प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

चालु आवको हालसम्म मोटरबाटो नपुगेको वडा नम्बर ८ को फोर्सा गाउँमा सडक पु¥याउने गरी काम अघि बढेको उहाँले बताउनुभयो । “नागरिकका पनि कैयन समस्या छन्, ती समस्यालाई क्रमशः समाधान गर्दै जानेछौँ, अहिलेसम्म केही गाउँ बस्तीहरु सडक सञ्जालले जोडिएका छैनन्”, अध्यक्ष अधिकारीले भन्नुभयो । उहाँका अनुसार हालसम्म चालु खर्चतर्फ ४० प्रतिशत र पुँजीगततर्फ २५ प्रतिशत खर्च भइसकेको छ ।


प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?