Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

लिभरपुलसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार


२२ फागुन, काठमाडाैँ। म्यानचेस्टर युनाइटेडले लिभरपुलसँग ७–० गोल अन्तरको लज्जास्पद पराजय भोगेको छ । गत राति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा युनाइटेड निरिह भएको हो ।

इ‌ग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा घरेलु मैदानमा लिभरपुलका लागि मोहमद सलाह, कोडी गाक्पो र डार्विन न्युनेजले २–२ तथा रोबर्टो फिर्मीनोले १ गोलले ७–० को फराकिलो अन्तरले जीत हासिल गरेको हो ।

पहिलो हाफमा १–० को मात्र अग्रता लिएको लिभरपुलेले दोस्रो हाफमा ६ गोल थपेको थियो भने पहिलो हाफको ४३ औं मिनेटमा गाक्पोले सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुवाती ५ मिनेट भित्रै नुनेज र गाक्पोले लगातार गोल गरे भने ६६ औं मिनेटमा सलाहले अर्को गोल थपे । ७६ औं मिनेटमा न्युनेजले अर्को गोल थपेको ७ मिनेटमा नै सलाहले व्यक्तिगत दोस्रो गोल गरे ।

उता, खेलको २ मिनेट समय बाँकी रहँदा रोबर्टो फिर्मिनो गोल गरे पछि लिभरपुलले ७–० को फराकिलो जीत हासिल गर्न सफल भयो ।

यस जितसँगै लिभरपुल ४२ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ भने युनाइटेड ४९ अंकका साथ तेस्रो स्थानमा छ ।

२०२३ लागेदेखि उत्कृष्ट फर्ममा रहेको युनाइटेटलाई लिगमा संघर्ष गरिरहेको लिभरपुलले इतिहासकै खराब हार चखाएको हो । म्यानचेस्टर युनाइडेटले लिभरपुलसँग इतिहासमै पहिलो पटक ७-० गोल अन्तरको पराजय व्यहोरेको हो ।


प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?