Trending
>>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

तस्विरमा राष्ट्रपति लगायतकाे छठ(फाेटाे फिचर)


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर आज छठी माताको पूजा आराधना गर्नुभएको छ । ती पूजा स्थलमा पुगी राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले अस्ताउँदो सूर्यलाई अर्घदान गनुभयो । राष्ट्रपति पौडेलले सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घदान गर्नुभयो भने गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर पूजा आरधना गर्नुभयो ।

राष्ट्रपति पौडेल गुहृेश्वरीमा पुग्नुहुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी ,आशामान संगत,छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो । उहाँ कमलपोखरीको पूजास्थल पुग्नुहुँदा प्रतिनिधिसभा सदस्य एंव पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, महानगरका वडाअध्यक्षहरु, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो ।


प्रकाशित मिति: ३ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?