Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत


२१ फागुन, काठमाडाैँ। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नेपालको संविधानको धारा १६८ को उपधारा४ बमोजिम आज प्रदेशसभाको बैठकबाट विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेशसभा भवन धनगढीमा बसेको प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्रीले राखेका थिए प्रस्तावको पक्षमा दुई तिहाइभन्दा बढी ४१ प्रदेशसभा सदस्यले मत जोहर गरेका छन् । प्रस्तावको विपक्षमा ११ मत जाहेर भएको थियो ।

बैठकको प्रारम्भमा सभामुख भीमबहादुर भण्डारीको अनुमतिमा मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आफूमाथि विश्वासको मत प्राप्त होस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

मुख्यमन्त्रीको प्रस्तावमाथि भएको छलफलमा प्रदेशसभा सदस्यहरू नेकपा (माओवादी केन्द्र)का खगराज भट्ट, नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी, नेकपा (एमाले) का चक्रबहादुर मल्ल, नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का खेमादेवी विष्ट र स्वतन्त्र सदस्य डा तारा जोशीले भाग लिएका थिए ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?