Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

दिउँसै पुलको नटबोल्ट खोलेर झोलुङ्गे पुलका सामान चोरी


कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीस्थित वनहरा नदीले भत्काएको झोलुङ्गे पुलका सामान चोरी हुन थालेका छन् । पुलका डेग, तारजाली, नटबोल्ट, लठ्ठालगायतका सामानको संरक्षण हुन नसक्दा चोरी हुन थालेका हुन् । पुलका सामान चोरी हुनबाट जोगाउनका लागि कुनै पनि निकायले अहिलेसम्म चासो देखाएका छैनन् ।

गत वर्षको भदौमा नदीमा आएको बाढीले रु तीन करोडको लागतमा बनेको झोलुङ्गे पुलको दक्षिणतर्फको पिलर भत्काउँदा पुल नदीमा खसेको नदीमा खसेको पुलको आधा सामान खोलेर वडा कार्यालयमा राखिए पनि पुलको आधा सामान नदीमै खसेको अवस्थामा रहेको छ । खसेको पुलका सामान नदीमै अलपत्र अवस्थामा रहँदा चोरी हुने क्रम बढेको स्थानीय बासिन्दा मङ्गलप्रसाद चौधरीले बताए ।

“दिउँसै पुलका नटबोल्ट खोलेर चोरेर लैजान थालेका छन्, लठ्ठा फलामे आरीले काटेर लगेका छन्”, उनले भने , “सामान चोरी हुनबाट जोगाउनका लागि कुनै पनि निकायको ध्यान पुग्न सकेको छैन ।”

“पुलका सामान चोरी हुन थालेकाले जोगाउनका लागि पहल गर्नका लागि नगरप्रमुखसँग सम्पर्क गरी कुरा राख्दा वडा कार्यालयलाई देखाउने गरेका छन्”, स्थानीय रति रानाले भने – “आधा सामान चोरी भइसकेका छन् ।” वडाध्यक्ष नवलसिंह राना नदीमा खसेको पुलका सामान जोगाउनका लागि खोलेर सुरक्षित ठाउँमा राख्नुको विकल्प नरहेको बताए ।

“वडा कार्यालयकै पहलमा पुलको दक्षिणी क्षेत्रतर्फको भाग मजदुर लगाएर खोलेर सुरक्षित राखेका छौँ”, उनले भने , “पुल खोल्ने कार्यमा संलग्न मजदुरलाई अहिलेसम्म ज्याला भुक्तानी हुनसकेको छैन, ज्यालाका लागि नगरपालिकामा लेखी पठाए पनि रकम आउन सकेको छैन ।” उनका अनुसार पुलको आधाभन्दा बढी भाग नदीमै खसेको अवस्थामा छ । पुलका सामान खोल्न रु रुतीन लाख रकम लाग्ने रानाले बताए । पुल निर्माण भएको एक वर्ष नपुग्दै बाढीले भत्काएपछि स्थानीय बासिन्दा नदीमा अस्थायी काठेपुल निर्माण गरी ओहरदोहर गर्दै आएका छन् । अस्थायी काठेपुल तरेबापत स्थानीयले स्थानीय विपद् समितिलाई शुल्कसमेत बुझाउने गरेका छन् ।


प्रकाशित मिति: १ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?