Trending
>>   बीमा क्षेत्रमा विश्वसनियता बढाउन आवश्यक छः अध्यक्ष ओझा >>   अमेरिका–चीन व्यापार वार्ता सकारात्मकः संयुक्त राष्ट्र संघ >>   लिबियाको त्रिपोलीमा झडप हुँदा ६ जनाको मृत्यु >>   नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सव प्रभातफेरी (तस्बिरहरु) >>   काठमाडौंको मखनटोलमा भिषण आगलागी, एक जनाको मृत्यु >>   आज मिति २०८२ साल वैशाख ३१ गते बुधबार ,हेर्नूहोस् आजको राशिफल >>   २० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न >>   १० महत्वपूर्ण बानीहरु जसले तपाइँलाई सफलताको उचाईमा पुर्याउँछ ! >>   औषधि लिमिटेडको औषधि तीन तहमै उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयद्वारा सहजीकरण समिति गठन >>   गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गर्यो : वर्षमान पुन
Logo
१ जेष्ठ २०८२, बुधबार
१ जेष्ठ २०८२, बुधबार

वामपन्थी शक्ति एकजुट हुन एमाले महासचिव पोखरेलको आह्वान


२१ फागुन, काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेभन्दा बाहिर रहेका सवै वामपन्थीलाई एकजुट हुन आह्वान गरेका छन् ।

यदु स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको २४औँ यदु स्मृति दिवस तथा २१औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले वामपन्थी आन्दोलनले देशको स्वाधिनताको रक्षा, विकास र समृद्धिको नेतृत्व, सामाजिक न्याय र जनताका लागि सुरक्षित भविष्य निर्माण गर्ने सक्ने भएकोले वामपन्थी एकजुट हुन आह्वान गरे ।

“सहिदको बलिदानलाई सम्झना गर्दै सङ्कटबाट मुलुकलाई जोगाउनका लागि फेरि पनि देशभक्त, लोकतान्त्रिक शक्तिहरु, सामाजिक न्यायका पक्षधर शक्तिहरु धुव्रीकृत हुन जरुरी छ,” उनले भने, “विगतमा हामीले नेताको टाउको जोडेर कम्युनिष्ट आन्दोलनलाई बलिायो बनाउने प्रयास गर्यौ तर असफल भए अब हामी कार्यकर्ताका भावना जोड्न चाहान्छौ ।”

महासचिव पोखरेलले देश बनाउनका लागि देशभक्ति आन्दोलन, परिवर्तन सामाजिक न्यायका पक्षमा विश्वास गर्ने, बलियो राष्ट्रिय शक्ति निर्माण गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले गलत मान्यताविरुद्धसबै एकजुट हुन आवश्यक रहेको बताए । नेपालको मौलिक संस्कृतिलाई तहसनहस पार्न थालेको भन्दै त्यस खालको चुनौतीलाई सामना गर्न जसके नेपालको समृद्धि असुरक्षित हुने उनले दाबी गरे ।

एमाले स्थायी कमिटी सदस्य यमलाल कँडेलले एमाले बलियो भएमात्रै यदु गौतमको सपना साकार पार्न सकिने बताए ।

उक्त अवसरमा महासचिव पोरखेलले गोरखापत्र दैनिकका पत्रकार लोकबहादुर चौधरी (लक्की)लाई यस वर्षको यदु स्मृति पत्रकारिता पुरस्कार प्रदान गरे । चौधरीले पुरस्कार ग्रहण गर्दै आफूलाई थप जिम्मेवार बनाएको बताउनुभयो । पुरस्कारको राशि रु २० हजारको छ । विसं २०५३ सालदेखि कैलालीबाट पत्रकारितामा सुरु गरेका चौधरीलाई कार्यक्षेत्रबाट विस्थापित भए पनि निरन्तर पेसामा सक्रिय रहेकोमा उच्च कदर गरी पुरस्कार दिन निर्णय गरिएको हो ।

यदु स्मृति प्रतिष्ठानले हरेक वर्ष यदु स्मृति दिवसको अवसरमा मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको छ । तत्कालीन नेकपा (एमाले) रुकुमका सचिव युद गौतमलाई रुकुम सदरमुकामबाट चौरजहारी जाने क्रममा विसं २०५५ फागुन २१ मा हत्या गरिएको थियो ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?