Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

स्ववियु निर्वाचनमा तीन विद्यार्थी सङ्गठनको तालमेल


२१ फागुन, काठमाडाैँ। मध्यपश्चिम विश्वविद्यालय (मवि) हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीन ठूला विद्यार्थी सङ्गठनले तामलेल गरेका छन् ।

मध्यपश्चिम विश्वविद्यालयको आगामी चैत ३ मा हुन लागेको स्ववियु निर्वाचनमा अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूबीच तालमेल गर्ने सहमति भएको छ ।

अखिल (क्रान्तिकारी)का महासचिव दिपेश पुनले मध्यपश्चिम विश्वविद्यालय हुने स्ववियु निर्वाचनमा तीन विद्यार्थी सङ्गठनबीच ११ ठूला आङ्गिक क्याम्पसमा तालमेल गर्ने सहमति भएको जानकारी दिए ।

उनका अनुसार अनेरास्ववियुले पाँच क्याम्पस, अनेरास्ववियु (क्रान्तिकारी)ले चार र अनेरास्ववियुले दुई क्याम्पसमा स्ववियु सभापतिमा समर्थन गर्ने गरी तालमेल भएको छ ।

अनेरास्ववियुले सभापतिमा नारायण बहुमुखी क्याम्पस दैलेख, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, बबई बहुमुखी क्याम्पस बर्दिया, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोट र भेरी शिक्षा क्याम्पस सुर्खेत पाउने छ भने अनेरास्ववियु क्रान्तिकारीले केन्द्रीय क्याम्पस, तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोट, मुसिकोट खलङ्गा बहुमुखी क्याम्पस रुकुम र जलजला बहुमुखी क्याम्पस रोल्पा पाउनेछन् । साथै, अनेरास्ववियुले रारा बहुमुखी क्याम्पस मुगु र विद्यापुर बहुमुखी क्याम्पस सुर्खेतमा स्ववियु सभापति पाउने गरी सहमति गरिएको छ ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?