Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

स्ववियु निर्वाचनमा तीन विद्यार्थी सङ्गठनको तालमेल


२१ फागुन, काठमाडाैँ। मध्यपश्चिम विश्वविद्यालय (मवि) हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीन ठूला विद्यार्थी सङ्गठनले तामलेल गरेका छन् ।

मध्यपश्चिम विश्वविद्यालयको आगामी चैत ३ मा हुन लागेको स्ववियु निर्वाचनमा अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूबीच तालमेल गर्ने सहमति भएको छ ।

अखिल (क्रान्तिकारी)का महासचिव दिपेश पुनले मध्यपश्चिम विश्वविद्यालय हुने स्ववियु निर्वाचनमा तीन विद्यार्थी सङ्गठनबीच ११ ठूला आङ्गिक क्याम्पसमा तालमेल गर्ने सहमति भएको जानकारी दिए ।

उनका अनुसार अनेरास्ववियुले पाँच क्याम्पस, अनेरास्ववियु (क्रान्तिकारी)ले चार र अनेरास्ववियुले दुई क्याम्पसमा स्ववियु सभापतिमा समर्थन गर्ने गरी तालमेल भएको छ ।

अनेरास्ववियुले सभापतिमा नारायण बहुमुखी क्याम्पस दैलेख, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, बबई बहुमुखी क्याम्पस बर्दिया, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोट र भेरी शिक्षा क्याम्पस सुर्खेत पाउने छ भने अनेरास्ववियु क्रान्तिकारीले केन्द्रीय क्याम्पस, तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोट, मुसिकोट खलङ्गा बहुमुखी क्याम्पस रुकुम र जलजला बहुमुखी क्याम्पस रोल्पा पाउनेछन् । साथै, अनेरास्ववियुले रारा बहुमुखी क्याम्पस मुगु र विद्यापुर बहुमुखी क्याम्पस सुर्खेतमा स्ववियु सभापति पाउने गरी सहमति गरिएको छ ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?